Home मुख्य नेपाल पत्रकार महासंघको सबै तहको निर्वाचन मङ्सिर २८ गते गर्ने

नेपाल पत्रकार महासंघको सबै तहको निर्वाचन मङ्सिर २८ गते गर्ने

14
0

काठमाडौं! असोज १९ गरेको लागी डाकिएको नेपाल पत्रकार महासंघको अध्यक्षहरुको भेलाले मङ्सिर २८ गते गर्ने निर्णय गरेको छ।

पटक पटक निर्वाचनको मिति घोषणा गरिए तापनि निर्वाचन हुन सकेको छैन। सदस्यता विवादका कारण पार्टी  निकट विभिन्न भातृ संगठन र गुट उपगुट द्वारा आफ्नो सदस्यता थप गर्न विभिन्न विवादित प्रपञ्च रचिएको थियो । निर्वाचन गराउन नसके पछि केन्द्रिय पदाधिकारीहरु, सदस्यहरु प्रदेश तथा जिल्लाका अध्यक्षहरु पधाधिकारी तथा सम्पूर्ण सदस्यहरु अवैध हुँदा हुँदै पनि कार्यकाल लम्ब्याउने र पत्रकार महासंघको गरिमा र ओजलाई निष्क्रिय पार्ने चलखेल रहेको पाइएको छ । अझै पनि निर्वाचन हुनेमा आशंका बाँकी छ ।

हिजो रातको १०:३० बजे सकिएकाे राष्ट्रिय भेलाले गरेका निर्णय :

१. शाखाकाे कार्य समितिले निर्णय गरि सर्वसम्मत टुङ्गो लगाएर प्रदेशमा पठाएका र प्रदेशले सर्वसम्मत थप गरि पास गरेका सदस्यता कायम गर्ने ।
२. विवाद भएका शाखाहकमा केन्द्र, प्रदेशका प्रतिनिधि र शाखा अध्यक्ष रहने समितिले टुङ्गो लगाउने ।
३. सदस्यता सम्बन्धि सबै विवाद कार्तिक मसान्तसम्म टुङ्गो लगाईसक्ने ।
४. मंसिर २८ गते महासंघका सबै संरचनाको निर्वाचन गर्ने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here