पार्टी कार्यालय बनाउन ब्यापारिक घरानाबाट सहयोग लिनु कार्यकर्ताको अपमान : नेतृ पाण्डे

मुख्य राजनीति समाचार

काठमाडौँ ! नेकपा एमाले नेतृ बिन्दा पाण्डेले पार्टी कार्यालय बनाउन ब्यापारिक घरानाबाट सहयोग लिनु कार्यकर्ताको अपमान भएको बताएकी छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले साढे पाँच लाख कार्यकर्ता र २५ लाख मतदाताको सिर निहुर्याउने गरि पार्टी अध्यक्ष खड्क प्रसाद ओलीले बिबादित ब्यापारी भाट-भटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ बाट सहयोग लिनु गलत भएको बताएकी हुन् l एमाले स्थायी कमिटी सदस्य पाण्लेडे पार्टीको यो निर्णयको विरोध गरेकी हुन् l

गुरुङले १० रोपनी १४ आना जग्गा एमाले कार्यालयका लागी दान गरेका थिए l साथै कीर्तिपुर मैत्रीनगरस्थित उक्त जग्गामा ओलीले एमाले केन्द्रीय कार्यालय भवनको  शिलान्यास समेत गरिसकेका छन् l

गुरुङ बालुवाटार काण्ड सम्बन्धि मुद्दामा अदालतमा विचाराधीन अवस्थामा रहेको अवस्थामा आम जनताले मुद्दा मिलाउने सौदाबाजी भएको आशंका गरेका छन् र केहि एमाले तप्काले पनि गलत भएको बताएको हो l

यस अघि ओलीको बिरोध गर्नेहरु भिम रावल लगायतका नेतालाई ओलीले जिम्मेवारी बिहिन बनाउने गरेका छन् l अब उनि पनि ओलीको टार्गेटमा पर्ने निश्चित जस्तै छ l एमालेमा ओलीले गरेका गलत निर्णयको पनि बचाऊ गर्ने ‘बा’ प्रबृत्तिको ठुलो तप्का छ l यसले राजनीतिलाइ गलत दिशातिर लागिरहेको छ l

समाजको धारणालाइ समेत चुनौती थपेको छ l भनिन्छ नि गलत निर्णयलाई पनि बहुमत लादेपछि सहि नै रहेछ कि भन्ने हुन्छ l अहिले नेपाली राजनीतिमा यस्तै विचारले स्थान पाउन थालेको छ l बिन्दा पाण्डेले एक शाहस गरिन र बोकिन अबकति कारबाही र गाली गलौच सहनुपर्ने हो त्यो पक्कै पनि गलत नै हो l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × = 45