काठमाण्डौ – पालिकाको उपचुनावका लागि आईतबार देखि निर्वाचन आयोगले आचारसंहिता लागू गर्ने भएको छ । निर्वाचन आयोगको बैठकले उपचुनाव हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति लगायतका हकमा आचासंहिता लागू हुने जनाएको छ।
निर्वाचन आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र प्रदेश मन्त्री, संवैधानिक निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र पदाधिकारी, स्थानीय कार्यपालिका र सदस्य, सङ्घ, प्रदेश र पालिकाका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीलाई आचारसंहिता लाग्ने जनाएको छ।
कमेन्ट:
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1