Home समाचार रोटरी क्लब अफ महाबौद्धको प्रेसिडेन्टमा : तण्डुकार

रोटरी क्लब अफ महाबौद्धको प्रेसिडेन्टमा : तण्डुकार

338
0

काठमाडौं ! रोटरी क्लब अफ महाबौद्धको आगामी बर्ष २०२५/०२६ का लागि नयाँ बोर्ड घोषणा गरिएको छ । क्लबको आज बसेको बोर्ड वैठकले आगामी नेतृत्व चयन गरेको हो ।

घोषित बोर्डको प्रेसिडेन्टमा शिक्षा पत्रकार समाजका महासचिव तथा  पत्रकार महासंघ ललितपुर जिल्ला शाखाका नवनिर्वाचित उपाध्यक्ष श्याम तण्डुकार, प्रेसिडेन्ट इलेक्टमा नबराज सञ्जेल, प्रेसिडेन्ट नोमिनीमा रोशन कुँवर, फस्ट भाइस प्रेसिडेन्टमा रमेश थापा, सेकेण्ड भाइस प्रेसिडेन्टमा गोपाल प्रसाद घिमिरे चयन हुुनुभएको छ ।

त्यसैगरी बोर्डको सचिवमा रत्न राई, कोषाध्यक्षमा डा. दिवस अमात्य, सहसचिवमा आरजु राना, सहकोषाध्यक्षमा विनोद दुलाल चयन गरिएको छ ।

क्लवको बोर्ड सदस्य चयन हुनुभएका विभिन्न समितिका संयोजनकहरुमा शिवेन्द्र कार्की, टेकबहादुर थापा, मञ्जु राना, सुरेन्द्र बस्त्याल, सुरेन्द्र शाक्य, तिलक बहादुर भोलन, कृष्ण महर्जन, देवराज घिमिरे, विनिता प्रधान रहनुभएको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here