काठमाडौं ! सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारका अवयवहरुले घुस खाइरहेको खुलासा गरेका छन् । शनिवार आयोजित दिगो पर्यटन सहकारीको साधारण सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘म पनि घुस खान्न, कसैलाई घुस खान दिन्नँ’ भनेपनि तलका अवयवहरुले घुस खाइरहेको र जनताले घुस दिन बाध्य परिरहेको बताएका हुन् ।
सञ्चार मन्त्रीले आफैले अवयवहरुले घुस खाने गरेको अभिव्यक्ति दिएका हुन् । मन्त्री आफैले घुस अवयवहरुले खाने गरेको अभिव्यक्ति दिनुले नेपालमा खुलेआम घुस्को लेनदेन हुने गरेको र प्रधानमन्त्री र मन्त्रीहरु हेरेरै बसेको जस्तो अभिव्यक्ति दिएका छन् ।
यस्तो अभिव्यक्तिले राज्य सञ्चालकहरु नै या त निरिह जस्तै छन् या त आफै संलग्न छन् भन्ने कुराको पुष्टि हुन्छ ।
साथै उनले प्रधानमन्त्री केपी शर्मा ओली सँग जनताको पहुँच नभएको पनि बताएका छन।