काठमाडौं । पोखरा भ्रमण वर्ष उद्घाटन समारोहमा भएको बेलुन बिस्फोटको विषयको अनुसन्धान गर्न आठ सदस्यीय छानविन समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्त्वमा आठ सदस्यीय समिति गठन गरेका हुन्।
बेलुन पड्किएर अर्थ मन्त्री विष्णु पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका थिए ।