काठमाडौं ! काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा. डा. अच्युत वाग्ले नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले वाग्लेलाई उपकुलपतिका रूपमा नियुक्त गरेका हुन्। माघ ४ गते उपकुलपति भोला थापाको कार्यकाल समाप्त भएपछि वाग्ले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हाल्दै आएका थिए।
यसअघि, वाग्ले २०७९ असोज २ गते विश्वविद्यालयको रजिष्ट्रार पदमा नियुक्त भएका थिए।