Home मुख्य प्रतिगमनको भुत नबोक्न ओली र प्रसाईलाई नेता दिपशिखाको चेतावनी 

प्रतिगमनको भुत नबोक्न ओली र प्रसाईलाई नेता दिपशिखाको चेतावनी 

235
0

झापा । नेकपा माओवादी केन्द्रका नेता तथा वाईसियल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशिखा’ले झापामा पुगेर प्रतिगमनका दुई प्रमुख नेताहरू केपी शर्मा ओली र दुर्गा प्रसाईलाई चेतावनी दिएका छन्। उनले झापाको ऐतिहासिक विरासतलाई सम्झाउँदै यस क्षेत्रले प्रतिगामी विचारधारा बोक्ने नेताहरूलाई सहन नगर्ने स्पष्ट संकेत दिए।

वाईसियल नेपाल प्रदेश नं. १ को बैठकलाई सम्बोधन गर्दै सापकोटाले केपी ओली र दुर्गा प्रसाईतर्फ इंगित गर्दै भने, “हजुरबा र नाति झापाकै हुन्, बढी भए झापालिले नै लखेट्छन्।” उनले यसै क्रममा राजावादीहरूलाई लक्षित गर्दै थपे, “१५ गतेको गणतन्त्रबादीहरूको सभाको प्रतिरोध गर्ने कुरा सुन्दैछु। तिमीहरूले तिमीहरूको काम गर, हामीसँग निहुर नखोज।”

गणतन्त्र आफ्ना ठूला बलिदानहरूले प्राप्त भएको उल्लेख गर्दै सापकोटाले भने, “गणतन्त्र र यसका उपलब्धिहरू जोगाउन वाईसियल कुनै पनि मूल्यमा संघर्ष गर्न तयार छ।” उनले झापाको ऐतिहासिक भूमिकालाई सम्झाउँदै प्रतिगामी विचारधारा बोक्ने नेताहरू र व्यवस्थालाई झापाले नै सबक सिकाउनु पर्ने बताए।

राष्ट्रिय सम्मेलनको तयारी

वाईसियल नेपालले आगामी जेठ १७-१९ मा काठमाडौंमा आयोजना गर्न लागेको तेस्रो राष्ट्रिय सम्मेलनको तयारी अन्तर्गत प्रदेश नं. १ को बैठक दमकमा सम्पन्न भएको छ। बैठकले आगामी २६ र २७ गते प्रदेश सम्मेलन गर्ने निर्णय गरेको छ। सम्मेलनको मुख्य नारा “उद्यमशिलता, नवप्रवर्दन र स्वरोजगारका लागि युवा आन्दोलन ! सुशासन, समृद्धी र समाजवादको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन !!” रहेको छ।

यसरी वाईसियल नेपालले आफ्नो संघर्ष र युवा आन्दोलनलाई अगाडि बढाउने तयारी गर्दै गरेको छ भने प्रतिगामी विचारधाराका नेताहरूलाई चुनौती दिँदै छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here