Home खेलकुद आईपीएल २०२५ को रोमाञ्चक सुरुआत: पहिलो खेलमा कोलकत्ता र बैंगलोर भिड्ने

आईपीएल २०२५ को रोमाञ्चक सुरुआत: पहिलो खेलमा कोलकत्ता र बैंगलोर भिड्ने

258
0

काठमाडौं ! इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औं संस्करण शनिबार रातिदेखि सुरु हुँदै छ। उद्घाटन समारोहमा विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू भइरहेका छन्।

प्रतियोगिताको पहिलो खेल निकै रोमाञ्चक हुने अपेक्षा गरिएको छ, जहाँ कोलकत्ता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोर आमनेसामने हुनेछन्। नेपाल समयअनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। दुबै टोलीलाई उपाधिका प्रमुख दाबेदारका रूपमा हेरिएको छ।
यस सिजनमा पनि १० टिम सहभागी छन् र खेलहरू भारतका विभिन्न १३ शहरहरूमा आयोजना हुनेछन्। कुल ७४ खेल हुने यो प्रतियोगिता क्रिकेटप्रेमीहरूका लागि विशेष आकर्षणको केन्द्र बन्नेछ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here