काठमाडौं ! नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी सभापति बनाउने सुझाव दिएका छन्। बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै देउवाले पूर्वराजालाई संवैधानिक राजा हुन लायक व्यक्ति नभएको टिप्पणी गर्दै राप्रपालाई व्यंग्यात्मक रूपमा पार्टी सभापति बनाउन सुझाएका हुन्।
उनले पूर्वराजा ज्ञानेन्द्रलाई संवैधानिक राजा बन्न नसक्ने उल्लेख गर्दै राप्रपाले उनलाई साथ दिएमा अन्ततः पछुताउनुपर्ने बताए।
पछिल्लो समय राप्रपा हिन्दू राष्ट्र र राजतन्त्र पुनःस्थापनाका लागि सक्रिय रूपमा आन्दोलनमा रहेको छ। यही सन्दर्भमा देउवाले पूर्वराजालाई प्रत्यक्ष पार्टी राजनीतिमा आउन व्यंग्यात्मक सुझाव दिएका हुन्।