Home मुख्य नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुखमाथि आक्रमण

नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुखमाथि आक्रमण

282
0

भरतपुर चितवन! नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि कार्यकक्षमै आक्रमण भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्दहरू केन्द्रको डिजिटल डिस्प्ले बोर्ड मा देखिएको भन्दै अज्ञात समूहले आज बिहान कार्यालयमा प्रवेश गरी श्रेष्ठमाथि आक्रमण गरेको हो।

विद्युत प्राधिकरणका कर्मचारीहरूका अनुसार १३-१४ जनाको समूह कार्यकक्षमा प्रवेश गरी कम्प्युटर, टेबललगायतका सामग्री तोडफोड गरेका छन्। आक्रमणका क्रममा प्रमुख श्रेष्ठ सामान्य घाइते भएका छन्।

घटनापछि प्राधिकरणका कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको कडा निन्दा गरेका छन्। विज्ञप्तिमा दोषीहरूलाई यथाशीघ्र पक्राउ गरी कानुनी कारबाही गर्न माग गरिएको छ।

यसैबीच, स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा बनाएको छ भने घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

थप विवरण आउन बाँकी

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here