काठमाडौं : सुनको भाउ बिहीबार प्रोतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । बुधबार सुन–चाँदीको भाउ स्थिर रहेको थियो ।
यसअघि मंगलबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ५०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९४ हजार रुपैयाँ निर्धारण भएको थियो । चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १३ सय ७५ रुपैयाँ कायम भएको छ ।
कमेन्ट:
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1