Home अर्थ बजार शेयर बजार परिसूचक नेप्से घट्ने क्रम रोकिएन

शेयर बजार परिसूचक नेप्से घट्ने क्रम रोकिएन

400
0

काठमाडौं वैशाख १०! नेपाल स्टक एक्सचेन्ज (नेप्से) लगातार चौथो दिन बुधबार पनि बजार घट्ने क्रम रोकिएन। नेप्से परिसूचक आज ३२.३८ अंकले घट्दै २,६५५.९४ विन्दुमा पुगेको छ।

यसअघि आइतबार १६.६८ अंक, सोमबार ७.७५ अंक र मंगलबार ९.९६ अंकले बजार ओरालो लागेको थियो।

बुधबारको कारोबारमा कुल ७ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कुल सूचीकृत कम्पनीहरूमध्ये २८ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ भने २१७ कम्पनीको मूल्यमा गिरावट र एक कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ।

२०८२ सालको प्रारम्भसँगै उकालो लाग्ने सङ्केत देखिए पनि विभिन्न कारण बजारको ओरालो गति कायमै रहेको छ । गत साता मंगलबार २७.१४ अंक, बुधबार ७.६२ अंक र बिहीबार २६.४९ अंकको वृद्धिसँग बजारले सकारात्मक संकेत दिएको थियो।

२०८१ सालभर नेप्से परिसूचक ६५३ अंकले उकालो लागेको थियो। नेप्से २०८० सालको अन्त्यमा २,००६ विन्दुमा रहेकोमा २०८१ सालको अन्त्यसम्ममा २,६६२ विन्दुमा पुगेको थियो।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here