काठमाडौं वैशाख २४ ! बागमती प्रदेश सरकारले आज वैशाख २४ गते भाषा दिवसको अवसरमा बाग्मती प्रदेशभर सार्वजनिक बिदा दिने घोषणा गरेको छ। प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले यसको सूचना जारी गरेको हो।
प्रदेश सरकारी कामकाजी भाषा ऐन २०७९ को कार्यान्वयनलाई चिन्हित गर्दै यस वर्षदेखि ‘भाषा दिवस’ मनाउने निर्णय गरिएको हो। मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले यस अवसरमा सार्वजनिक बिदा दिइएको पुष्टि गरेकी छन्।
यसैगरी, बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले प्रदेशमा सरकारी कामकाजको नेपाल भाषा र तामाङ भाषालाई २०८१ वैशाख २४ गतेदेखि व्यवहारिक रूपमा प्रयोग गर्न थालेको छ।