Home धार्मिक लुम्बिनीमा २५६९औँ बुद्ध जयन्तीको भव्य तयारी

लुम्बिनीमा २५६९औँ बुद्ध जयन्तीको भव्य तयारी

42
0
Google search engine

लुम्बिनी, वैशाख २९ ! भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा २५६९औँ बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिरलाई भव्य रूपमा सजाइएको छ।

मन्दिर परिसर, पवित्र पुष्करिणी पोखरी, बौद्ध विहार, र स्तूपाहरूलाई रंगीचंगी बत्ती, फूलमाला, र बौद्ध ध्वजाहरूले झलमल बनाइएको छ। विशेष सरसफाइ अभियानले सम्पूर्ण क्षेत्र स्वच्छ र आकर्षक देखिएको छ।

लुम्बिनी विकास कोषले वैशाख २८, २९, र ३० गते तीन दिनसम्म मनाइने उत्सवका लागि विभिन्न कार्यक्रमको घोषणा गरेको छ। वैशाख २८ गते साँझ मायादेवी मन्दिरमा अहोरात्र महापरित्राण पाठ हुनेछ। वैशाख २९ गते बिहान प्रार्थना सभा, शोभायात्रा, र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रमा मुख्य समारोह आयोजना हुनेछ।

लुम्बिनी दीपमालिकाले रातको समयमा झकिझकाउ बनेको छ। विश्वभरबाट आएका श्रद्धालुहरूको सुरक्षाका लागि विशेष व्यवस्था गरिएको छ। लुम्बिनी विकास कोषले पत्रकार सम्मेलनमार्फत यी कार्यक्रमले विश्व शान्तिको सन्देश प्रवाह गर्ने बताएको छ।

यो उत्सवले लुम्बिनीलाई विश्व शान्तिको केन्द्रका रूपमा थप उजागर गरेको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here