Home खेलकुद सन्दीप लामिछानेले छाडे क्यानको केन्द्रीय सम्झौता, प्रशंसक निराश

सन्दीप लामिछानेले छाडे क्यानको केन्द्रीय सम्झौता, प्रशंसक निराश

84
0
Google search engine

काठमाडौं, वैशाख ३१ !नेपाली क्रिकेट टिमका स्टार खेलाडी सन्दीप लामिछानेले क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) को केन्द्रीय सम्झौतामा नरहने घोषणा गरेका छन्।

आज उनले सामाजिक सञ्जालमार्फत यो निर्णय क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभएको स्पष्ट पारेका छन्। सन्दीपले देशप्रतिको निष्ठा र क्रिकेटप्रतिको जोश सधैं कायम रहने बताएका छन्। यो घोषणाले सन्दीपका लाखौं प्रशंसकहरूमा निराशा छाएको छ। यद्यपि, उनले राष्ट्रिय टिमका लागि खेल्न नछोड्ने र क्यानले अन्यथा निर्णय नगरेसम्म नेपालको प्रतिनिधित्व गरिरहने प्रतिबद्धता जनाएका छन्। सन्दीपले आफ्नो निर्णयको कारणबारे विस्तृत जानकारी नदिए पनि उनको यो कदमले नेपाली क्रिकेटको भविष्यमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा चर्चा सुरु भएको छ।

सन्दीपको यो निर्णयको पृष्ठभूमिमा क्यान र खेलाडीहरूबीचको सम्बन्ध, सम्झौताको सर्तहरू, र नेपाली क्रिकेटको व्यवस्थापनमा सुधारको आवश्यकताबारे प्रश्न उठेका छन्। क्रिकेट विश्लेषकहरूले सन्दीपको निर्णयले क्यानलाई खेलाडी व्यवस्थापन र पारदर्शितामा थप गम्भीर हुन दबाब सिर्जना गर्ने अनुमान गरेका छन्।यसैबीच, सन्दीपले अन्तर्राष्ट्रिय लिगहरूमा आफ्नो सहभागिता बढाउने र नेपालको प्रतिनिधित्वलाई निरन्तरता दिने संकेत गरेका छन्। उनको यो कदमले नेपाली क्रिकेटको व्यावसायिक र आन्तरिक व्यवस्थापनमा नयाँ बहस छेड्ने देखिन्छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here