काठमाडौं असार ९ ! दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आज सोमबार देखि आफ्नो पहिलो चरणको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) खुला गर्ने गरेको छ।
कम्पनी द्वारा जारी आईपीयो प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ३९ लाख ५० हजार कित्ता शेयर बाट १० लाख ३० हजार ५०० कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र २ लाख ९१ हजार १५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गर्न लागेको हो ।
आईपीओको माध्यमबाट कम्पनीले ३९ करोड ५० लाख रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखेको छ, जुन कुल जारी पूँजीको ३८.३३ प्रतिशत हो।
नेपाल धितोपत्र बोर्डले गत जेठ २० गते यस निष्कासनका लागि स्वीकृति प्रदान गरिसकेको छ। बाँकी शेयर सर्वसाधारणका लागि आगामी चरणमा खुला गरिने कम्पनीले जनाएको छ।










