Home मुख्य तारकेश्वरमा मेयरकै घर अगाडि धान रोप्दै विरोध

तारकेश्वरमा मेयरकै घर अगाडि धान रोप्दै विरोध

404
0

काठमाडौं, असार १६ ! धान दिवसका अवसरमा तारकेश्वर नगरपालिका–१० स्थित साङ्ले खोलामा स्थानीयबासीले अनौठो तरिकाले विरोध प्रदर्शन गरेका छन्। नगरप्रमुख कृष्णहरि महर्जनको घर (सुमार्ग हार्डवेयर अगाडि) रहेको करिडोर सडक निर्माण अलपत्र परेपछि स्थानीयवासी र शुभकामना योग साधना केन्द्रका योगीहरूले उक्त स्थानमै सामूहिक रोपाइँ गरेका हुन्।

केही दिन पहिले बाटो नबनाए रोपाइँ गर्ने चेतावनी दिएका थिए तर मेयर महर्जनले बेवास्ता गर्दै आएका थिए।

स्थानीयवासी प्रकाश महर्जनका अनुसार, वर्षौंदेखि निर्माण कार्य अघि नबढ्दा उक्त करिडोर क्षेत्र बाँझो रहँदै आएको छ। “मेयरज्यू धान दिवस मनाउन ट्याक्टर लिएर टाढा टाढा जानुहुन्छ, तर आफ्नै घर अगाडि रहेको खेतजस्तै बनेको सडक भने बेवास्ता भएको छ”, उनले भने, “त्यसैले हामीले यही ठाउँमा धान रोपेर सांकेतिक विरोध जनाएका हौं।”

रोपाइँ कार्यक्रममा शुभकामना योग साधना केन्द्रका योगीहरू पनि सहभागी भएका थिए। उनीहरूले खेतमा झैँ गरी हिलो खेल्दै धान रोपे र स्थानीय विकासप्रति ध्यान दिन नगरपालिकाको ध्यानाकर्षण गराए।

स्थानीयहरूका अनुसार, साङ्ले खोला करिडोर लामो समयदेखि अधुरो अवस्थामा छ र वर्षायाममा हिलो तथा पानीले सडकजस्तो प्रयोग गर्नसमेत सकिँदैन। करिडोर छिटो निर्माण गर्नुपर्ने स्थानीयहरूको माग छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here