Home अन्तर्राष्ट्रिय रूस–युक्रेन युद्ध अन्त्यतर्फः ट्रम्पको पहलमा शान्ति प्रक्रियाको सुरुवात

रूस–युक्रेन युद्ध अन्त्यतर्फः ट्रम्पको पहलमा शान्ति प्रक्रियाको सुरुवात

406
0

वाशिङ्टन डीसी, (एजेन्सी) भदौ ३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्य गर्न शान्ति प्रक्रियाको प्रारम्भिक कदम अघि बढाएको घोषणा गरेका छन्। ह्वाइट हाउसमा सम्पन्न उच्चस्तरीय बैठकपछि उनले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच प्रत्यक्ष वार्ता हुने तयारी भएको बताएका हुन्।

राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा युरोपेली तथा पश्चिमी मुलुकका शीर्ष नेताहरूसँग सुरक्षा प्रत्याभूतिबारे छलफल गरेका थिए। उक्त बैठकमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ, फिनल्याण्डका राष्ट्रपति एलेक्जेन्डर स्टब, इटलीकी प्रधानमन्त्री जर्जिया मेलोनी, बेलायतका प्रधानमन्त्री कीर स्टार्मर, जर्मनीका चान्सलर फ्रेडरिक मर्ज, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लायेन, तथा नाटो महासचिव माक रुट्टे सहभागी थिए।

बैठकमा युक्रेनका लागि विभिन्न युरोपेली देशहरूले प्रदान गर्ने सुरक्षा प्रत्याभूतिहरूबारे छलफल गरिएको र त्यसमा अमेरिकाले पनि सहकार्य गर्ने ट्रम्पले बताएका छन्। उनका अनुसार, छलफलका क्रममा सबै नेताहरू रूस–युक्रेन युद्ध अन्त्य गर्न सक्ने सम्भावनाबारे उत्साहित देखिएका थिए।

बैठकपछि राष्ट्रपति ट्रम्पले राष्ट्रपति पुटिनलाई टेलिफोन गरी जेलेन्स्की र पुटिनबीच प्रत्यक्ष वार्ताको तयारी थालिएको जानकारी दिएका छन्। स्थान तोकिएपछि उक्त वार्ता सम्पन्न गरिनेछ। त्यसपछि ट्रम्प स्वयं सहित ‘त्रिपक्षीय वार्ता’ (ट्रिलाट) हुने योजना रहेको पनि उनले बताएका छन्।

“यो चार वर्षदेखि जारी युद्धलाई अन्त्यतर्फ लैजाने प्रारम्भिक तर महत्वपूर्ण कदम हो,” ट्रम्पले भने। उनका अनुसार, उपराष्ट्रपति जे.डी. भान्स, परराष्ट्रमन्त्री मार्को रुबियो, र विशेष दूत स्टिभ विट्कफ रूस तथा युक्रेनसँग समन्वय गरिरहेका छन्।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here