Home राजनीति बौद्धकी साम्राज्ञी मोक्तान बनिन् १८औँ मिस तामाङ

बौद्धकी साम्राज्ञी मोक्तान बनिन् १८औँ मिस तामाङ

242
0

काठमाडौं, माघ १९ — काठमाडौंको बौद्धकी साम्राज्ञी मोक्तानले १८औँ मिस तामाङको उपाधि जितेकी छन्। शनिबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा सम्पन्न ग्रान्ड फिनालेमा १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज आफ्नो नाममा पारिन्।

नवनिर्वाचित मिस तामाङ मोक्तानलाई गत वर्षकी विजेता अन्जु थोकरले ताज पहिराएकी थिइन्। उपाधिसँगै मोक्तानले नगद ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरिन्।

प्रतियोगितामा उनले मिस कन्फिडेन्टभ्युअर च्वाइस टाइटलसमेत जित्न सफल भइन्। निर्णायकद्वारा सोधिएको “नेपाललाई सांस्कृतिक रूपमा विश्वमा कसरी चिनाउनुहुन्छ ?” भन्ने प्रश्नको उत्तरमार्फत उनले निर्णायकहरूको मन जितेकी थिइन्।

उत्तर दिने क्रममा उनले नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक देश भए पनि एकताको प्रतीक रहेको उल्लेख गरिन्।
“हाम्रो विविधताभित्र रहेको एकता, धर्मनिरपेक्षता र सांस्कृतिक धरोहरले नेपाललाई विशेष बनाएको छ। सेलोको धड्कनदेखि साकेलाको धुनसम्म, भाषिक विविधतादेखि पहिरनको सौन्दर्यसम्म—यिनै विशेषतामार्फत नेपाललाई विश्वसामु चिनाउन चाहन्छु,” उनले भनिन्।

१८ वर्षीया मोक्तान इन्जिनियर बन्ने सपना बोकेकी छन्। परिवारको साथ र मायाले आफूलाई यहाँसम्म पुर्‍याएको बताउँदै उनले आगामी दिनमा महिला सशक्तीकरणका क्षेत्रमा सक्रिय रूपमा काम गर्ने प्रतिबद्धता जनाइन्।

प्रतियोगितामा नुवाकोटकी सुस्मा लामा स्याङ्तान फस्ट रनरअप, सृष्टि थिङ तामाङ सेकेन्ड रनरअप र ओसिन गोले तामाङ थर्ड रनरअप घोषित भए। फस्ट रनरअपले ३० हजार, सेकेन्ड रनरअपले २० हजार र थर्ड रनरअपले १० हजार रुपैयाँ नगदसहित गिफ्ट ह्याम्पर प्राप्त गरे।

त्यसैगरी विभिन्न विधातर्फ—

  • सृष्टि थिङ तामाङ — मिस फोटोजेनिक
  • देवी वाइबा तामाङ — मिस ट्यालेन्ट
  • ऐश्वर्य घिसिङ तामाङ — बेस्ट ड्रेस
  • सुजिना गोङ्बा तामाङ — मिस मल्टिमिडिया
  • ओसिन गोले तामाङ — बेस्ट वाक तथा ब्युटिफुल हेयर
  • कबिना वाइबा तामाङ — मिस पर्सनालिटी
  • पूजा जिम्बा तामाङ — मिस डिसिप्लिन
  • स्वर्णिमा थिङ तामाङ — बेस्ट स्माइल
    घोषित भए।

कार्यक्रममा प्रमुख अतिथि फुर्वा खेन रिम्पोछे तामाङ तथा अभिनेता अमिर दोङले विजेताहरूलाई टाइटल र पुरस्कार प्रदान गरेका थिए। प्रतियोगिताको आयोजना मम्स इन्टरनेसनल ले गरेको हो।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here