Home अर्थ बजार गोङ्गबुमा ‘अष्टभ क्याफे एण्ड रेष्ट्रो’ सञ्चालनमा, भुवन श्रेष्ठद्वारा आतिथ्य क्षेत्रमा नयाँ सुरुआत

गोङ्गबुमा ‘अष्टभ क्याफे एण्ड रेष्ट्रो’ सञ्चालनमा, भुवन श्रेष्ठद्वारा आतिथ्य क्षेत्रमा नयाँ सुरुआत

125
0

काठमाडौं, असार ३ – काठमाडौंको गोङ्गबुस्थित शान्तिटोलमा ‘अष्टभ क्याफे एण्ड रेष्ट्रो’ औपचारिक रूपमा सञ्चालनमा आएको छ। नयाँ स्वाद, पारिवारिक वातावरण र गुणस्तरीय आतिथ्य सेवा प्रदान गर्ने लक्ष्यसहित रेष्ट्रो सञ्चालनमा ल्याइएको सञ्चालक भुवन श्रेष्ठले बताएका छन्।

उद्घाटन समारोहका अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्व, स्थानीय बासिन्दा तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले नयाँ व्यवसायिक यात्राको सफलताको शुभकामना व्यक्त गर्दै अष्टभ क्याफे एण्ड रेष्ट्रोले गोङ्गबु क्षेत्रको खानपान तथा आतिथ्य क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेका थिए।

सञ्चालक श्रेष्ठले ग्राहकलाई स्वादिष्ट परिकार, आत्मीय सेवा र स्वच्छ वातावरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै रेष्ट्रोलाई परिवार, साथीभाइ तथा व्यावसायिक भेटघाटका लागि उपयुक्त गन्तव्य बनाउने लक्ष्य रहेको बताए।

रेष्ट्रोमा नेपाली, भारतीय तथा विभिन्न परिकारका साथै चिया, कफी र अन्य पेय पदार्थहरू उपलब्ध हुने जनाइएको छ। आधुनिक सुविधासहित सञ्चालनमा आएको रेष्ट्रोले स्थानीय रोजगारी सिर्जना र आर्थिक गतिविधि बढाउन समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

गोङ्गबुको व्यस्त क्षेत्रमा अवस्थित अष्टभ क्याफे एण्ड रेष्ट्रोले गुणस्तरीय सेवा र स्वादमार्फत ग्राहकको मन जित्ने विश्वास सञ्चालक पक्षले लिएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here