काठमाडौँ- सिन्धुपाल्चोकको हेलम्बु मेलम्चीमा भीषण बाढी र पहिरोले ठाउँ ठाउँमा क्षति पुर्याएको छ । अहिलेसम्म कम्तीमा ५० जना बेपत्ता भएको बताइएको छ l हेलम्बु गाउँपालिकाको तिम्बु, किउल,चनौटे मेलम्ची नगरपालिका अन्तर्गत मेलम्ची बजारमा ठुलो क्षति भएको बताइएको छ l
मेलम्ची खानेपानी मुहान,ट्राउट माछा फर्म,पक्की तथा झोलुङ्गे पुल लगाएत सयौं घर तथा भवन समेत बगाएको छ ।
मंगलबार साँझ आएको बाढीले जिल्लाका कतिपय ठाउँमा विद्युत् र खानेपानी अवरुद्ध भएको छ । प्रहरीले मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको जनाएको छ ।
बाढी र पहिरोले मेलम्ची बजार जोखिममा परेको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार मेलम्ची नदीमा आएको बाढीले हेलम्बुमा रहेका सशस्त्र, नेपाल प्रहरी र नेपाली सेनाको क्याम्प पनि बगाएको छ।