Home अर्थ बजार नेप्से परिसूचक ५२.४१ अंकले गिरवट

नेप्से परिसूचक ५२.४१ अंकले गिरवट

10
0

काठमाडौँ असार २ l  नेपाल धितोपत्र बोर्डले ५१ कम्पनि लगानी गर्न अति जोखिम रहेको भन्दै लिस्ट सहित सार्वजनिक गरेपछि आज बजार ओरालो लागेको  छ l हिजो जारी बिज्ञप्तिमा माइक्रोफाइनान्स, हाइड्रोपावर ,फाइनान्स कम्पनी र बीमा कम्पनीमा अत्यधिक जोखिम बढेकोले सतर्क रहन लगानीकर्तालाइ धितोपत्र बोर्डले सचेत गराएको थियो l

आज नेप्से परिसूचक ५२.४१  अंकले घटेर  २९६९.६९ विन्दुमा आएको छ । यस्तै सेन्सेटिभ इन्डेक्स पनि ८.५६  अंकले घटेर ५४१.७ विन्दुमा आएको छ। आज  कारोबार रकम पनि झण्डै १५.४८  अर्ब नजिक पुगेको छ। बुधबार २१९  वटा कम्पनीको २ करोड ८२ लाख ८९  हजार १ सय २८  कित्ता शेयर १५ अर्ब ४८ करोड ४४ लाख ७९ हजार ३१९  रुपैयाँमा खरिदबिक्री भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here