गण्डकी प्रदेश मुख्यमन्त्री पोखरेलद्वारा आज बिश्वासको मत लिदै

मुख्य

काठमाडौँ असार ४ l गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलद्वारा आज बिश्वासको मत मागेका छन् l निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिश्वासको मत पाउन नसकेपछि विपक्ष गठबन्धन द्वारा पोखरेलले आफ्नो दाबी पेस गरेका थिए l

गत जेठ २९ गते मुख्यमन्त्रीमा नियुक्ति भएका  गण्डकी प्रदेश काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल द्वारा आज बिश्वास को मत लिने भएका हुन् l प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी थिईन संविधानको उक्त व्यबस्था अनुरुप एक महिना भित्र मुख्यमन्त्रीले बिश्वास को मत लिनुपर्ने हुन्छ l

६० सदस्यीय गण्डकी प्रदेशमा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका ११ (सभामुखबाहेक) , राष्ट्रिय जनमोर्चाका ३, जसपाका २ र एक जना स्वतन्त्र सांसद छन् ।सरकार टिकाउन उनको पक्षमा ३१ मत आवश्यक पर्दछ l

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

23 − = 14