Home मुख्य वाइसिएल नेपालका अध्यक्ष राहत सामग्री सहित मेलम्चीमा

वाइसिएल नेपालका अध्यक्ष राहत सामग्री सहित मेलम्चीमा

45
0
Google search engine

काठमाण्डौ असार ४। माओवादी केन्द्र निकट भातृ संगठन वाइसिएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ केन्द्रीय टोली लिएर राहत सहित, क्षणभरमै बगर भएको क्षेत्र मेलम्ची पुगेका छन् l बाढी पहिरो लगायत प्राकृतिक विपत्तिमा जनताको साथमा खटिन निर्देशन दिएका वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ केन्द्रीय टोली लिएर आफै आज मेलम्ची पुगेका हुन् l

वाइसिएल नेपाल केन्द्रीय समितिले बाढि प्रभाबित क्षेत्र  हेलम्बू चनौटे सिन्धुपाल्चोकका बासिन्दाहरुलाई भाँडा-कुडा लगायतका सामग्री वितरण गरेको अध्यक्ष दीपशिखाले जानकारी दिए ।

हिजोमात्र कोरोना संक्रमण र प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै वाईसियल नेपाल केन्द्रीय समितिले `विपद राहत कोष’ खडा गरेको थियो । उक्त कोष मार्फत बाढी प्रभावित क्षेत्रमा राहत सामग्री सहयोग गर्ने काम सुरू भईसकेको वाइसिएल केन्द्रले जनाएको थियो। देश तथा विदेशमा रहनुहुने शुभेच्छुकहरुलाई विषम परिस्थितिमा जुध्न एकजुट हुदै सक्ने जति आर्थिक सहयोग गर्न आग्रह गरेको थियो l

यसअघि बिपद ब्यबस्थापनमा जुटन संगठन सदस्यहरुलाई वाइसिएल नेपाल केन्द्रीय समितिले निर्देशन दिइसकेको थियो l साथै संगठनलाइ विपत्तिको घडिमा स्थानीय तहसम्मका सबै कमिटिहरुलाई जनचेतना, राहत, उद्दारमा खट्न, जोखिमका क्षेत्रहरुको पहिचान गरी अस्थायीरुपमा मानिसहरुलाई स्थानन्तरण गर्ने कार्यमा परिचालित हुन निर्देशन दिई काम गर्दै आएको वाइसिएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले सुराकी खबरलाइ जानकारी दिए ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here