कुर्सीको लागी संविधान सिध्याउने र संविधान बनाउने उस्तै हो ? प्रचण्डको प्रश्न

मुख्य

काठमाण्डौ असार १० । बिहीबार अन्तराष्ट्रीय सम्मेलन केन्द्रको लोत्से हल भित्र सम्पादकहरूसँग अन्तर्क्रिया कार्यक्रममा सहभागी हुँदै नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आम रुपमा प्रश्न गरेका छन । “गणतन्त्रको झण्डा उठाउने माधव नेपाल र बयलगाड़े सिध्दान्तको केपी ओली कसरी उस्तै भयो ?”

नेपाली कांग्रेस संविधान बनाउने र के पी ओली संविधान सिध्याउने उस्तै-उस्तै हो ? प्रचण्डको प्रश्न थियो ।

कुर्सीको लागी संविधान सिध्याउने र हामी कसरी उस्तै उस्तै भयौ ? प्रचण्डले धेरै पटक यस्ता प्रश्न गरेका थिए ।

प्रचण्डले आफूहरु संविधान र ब्यबस्थाको रक्षाको लागी गठबंधन बनाएको बताए । अझ प्रचण्डले अन्तिमसम्म रास्ट्र र जनताको हितमा लड़ने प्रतिबद्धता समेत जनाए ।

उक्त कार्यक्रममा प्रचण्डलगायत कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको  उपस्थित थियो ।

 

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − = 14