Home अर्थ बजार भरतपुरमा अहिले सम्मकै उत्कृष्ट सिग्नेचर ब्रिज निर्माण हुने

भरतपुरमा अहिले सम्मकै उत्कृष्ट सिग्नेचर ब्रिज निर्माण हुने

303
0

चितवन । भरतपुर स्थित नारायणी नदीमा विश्व कै उत्कृष्ट सिग्नेचर ब्रिज निर्माण हुने भएको छ। सोमबार एक कार्यक्रमका बिच प्रधानमन्त्री प्रचण्डले नेपालमै पहिलो पटक सिक्नेचर ब्रिज निर्माणको सिलान्यास गर्नु भएको हो।

पुल चितवन र नवलपासी जिल्लालाई जोड्ने हिन्दु हरुको पवित्र धार्मिक स्थल देबघाट धामको नजिकै नारायणी नदीमा निर्माण हुनेछ । पुलमा अत्याधुनिक प्रविधि जडान गरी लाइट लगायत पर्यटक आकर्षण गर्नका निमित्त पनि उपयुक्त हुने खालको निर्माण गरिने निर्माण व्यवसायीले उल्लेख गरेका छन् । समग्र भरतपुर देबघाट लगायत चितवन जिल्लामा देशकै उत्कृष्ट हुने विश्वास लिइएको छ ।

हाल नारायणगढ बजार र गैंडाकोट बजारलाई जोड्ने २०३८ सालमा बनेको पुल तर्ने गरिएको छ । त्यस अघि डुङ्गा खियाएर आउजाउ गरिएको तथा गाडीको ओहोर दोहोर गराइएको स्थानिय जेष्ठ व्यक्तित्वहरुको भनाई छ ।

यसको लागत करिब करिब दुई अर्ब लाग्ने अनुमान गरिएको छ। यसको लम्बाई ५०० मीटर हुने बताइएको छ।

यसको ठेक्का तुण्डी कन्स्ट्रक्सनले पाएको थियो। हालको पुल पुरानो र साँगुरो भएको हुनाले नयाँ निर्माण गर्न लागिएको हो ।

पुल निर्माणमा विश्व बैंकको सहयोग रहेको छ र विश्व बैंकको सहयोगमा अन्य चार वटा पनि निर्माण हुनेछ। भनि २०७५ सालमा सम्झौता भएको थियो। अन्य पुल कहाँ निर्माण गर्ने भन्ने अहिले सम्म एकिन गरिएको छैन ।

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालको निरन्तर पहलमा यो पुल सिलान्यास भएको हो । विश्वको अन्य मुलुकमा देखिएको आकर्षक पुललाई हेर्दा सवारी साधन सञ्चालनका अतिरिक्त मनोरञ्जनात्मक दृश्य देखिने पुल निर्माण गर्न लागिएको हो ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here