Home अर्थ बजार बिहीबार नेप्सेले नयाँ रेकर्ड कायम

बिहीबार नेप्सेले नयाँ रेकर्ड कायम

284
0

साताको अन्तिम दिन बिहीबार नेप्सेले नयाँ रेकर्ड कायम गरेको छ। आज झण्डै १६.९०७ अर्ब रुपैयाँको शेयर कारोबार हुँदा नेप्से सूचक १.०५  प्रतिशतले बढेको छ।

आज नेप्से परिसूचक २९.५५  अंकले बढेर २८५६.७७ हालसम्म कै उच्च विन्दुमा पुगेको हो। यस्तै सेन्सेटिभ इन्डेक्स पनि ७.९६ अंकले बढेर ५१३.१२ विन्दुमा पुगेको छ। आज  कारोबार रकम पनि झण्डै १७ अर्ब नजिक पुगेको छ। बिहीबार २१८ वटा कम्पनीको ३ करोड ४६ लाख ९१ हजार ३१२ कित्ता शेयर १६ अर्ब ९० करोड ७० लाख २० हजार २८६ रुपैयाँमा खरिदबिक्री भएको छ। बिहीबारको बजारमा बैंक तथा वित्तीय संस्थामा लगानीकर्ताको आकर्षण बढी देखिएको छ। बैंक, विकास बेंक र फाइनान्स उपसमूहको सूचक सबैभन्दा उच्च रुपले बढेको छ।

कारोबारमा १३ वटा उपसमूहमध्ये ९ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ४ उपसमूहको सूचक नकारात्मक देखिएको छ। बैंकिग उपसमूहको सूचक २.७१ प्रतिशतले बढ्दा बिकास बेंक र फाइनान्स उपसमूहको सूचक पनि क्रमशः ३.७२ प्रतिशत र ३.३४ प्रतिशतले बढेकाे छ। हाइड्रोपावर उपसमूहको सूचक भने सबैभन्दा धेरै २.०४ प्रतिशतले घटेको छ।

 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here