Home मुख्य ४० मुनिका युवालाई काठमाडौं उतार्ने कि रोजगारी दिने ? -संसद तोसिमा कार्की

४० मुनिका युवालाई काठमाडौं उतार्ने कि रोजगारी दिने ? -संसद तोसिमा कार्की

426
0

काठमाडौं, बैशाख ९ !  प्रतिनिधिसभाको बैठकमा सांसद डा. तोसिमा कार्कीले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै तीखो प्रश्न उठाएकी छन्। ओलीले केही दिनअघि युवालाई काठमाडौं झिकेर विकासमा लगाउने अभिव्यक्ति दिएपछि सांसद कार्कीले त्यसको विरोध गर्दै संसदमै जवाफ मागेकी हुन्।

उनले भनिन्,
“लौ गज्जब! ४० मुनिका युवाहरूलाई काठमाडौं उतार्ने रे! दिनदिनै पासपोर्ट बोकेर उत्रिएकै छन् त, कति उत्रिनु? राज्यको अभिभावकले त ४० मुनिका युवाहरू रोजगारी लिन आउनु भन्नु पर्ने होईन र?”

डा. कार्कीको भनाइ अनुसार, देशभरका युवाहरू रोजगारीको अभावमा विदेशिन बाध्य छन्। सरकारले उनीहरूलाई स्वदेशमै रोजगारी दिने योजनामाथि काम गर्नुको सट्टा, उल्टै काठमाडौं केन्द्रित नीति ल्याउने कुरा गर्नु आपत्तिजनक रहेको उनको तर्क थियो।

“राज्यको जिम्मेवारी भनेको काठमाडौंमा युवालाई थुपार्नु होइन, गाउँघरमै रोजगारी सिर्जना गरेर उनीहरूलाई आत्मनिर्भर बनाउनु हो,” उनले जोड दिइन्।

सांसद कार्कीले वैदेशिक रोजगारको कारण युवाहरूले देशमै भविष्य नदेखेर पलायन गर्नुपरेको उल्लेख गर्दै, सरकार र नेताहरूको ध्यान त्यसतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिइन्।

संसदमा उनको यो भनाइले केही समय माहोल तातिएको थियो भने विपक्षी सांसदहरूबाट मिश्रित प्रतिक्रिया आएको थियो। कतिपय सांसदहरूले उनको सवाललाई वास्तविकताको प्रतिनिधित्व भन्ने बताए भने केहीले यसलाई राजनीतिक आरोप मात्र माने।

तर, डा. कार्कीको यो प्रश्नले युवाहरूको वर्तमान अवस्था र राज्यको भूमिकामाथि गम्भीर बहसको खाँचो रहेको सन्देश दिएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here