काठमाडौँ, असोज १३ ! मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको भारत भ्रमण स्वीकृत गरेको छ भने बैठकले केही अन्य महत्त्वपूर्ण निर्णयसमेत गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले पत्रकार सम्मेलनमार्फत निर्णयहरु सार्वजनिक गरेका थिए ।
बैठकले कात्तिक १० देखि १३ गतेसम्म भारतको नयाँ दिल्लीमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA) को आठौं बैठकमा सहभागी हुन घिसिङलाई अनुमती दिएको छ ।
यो स्वीकृत भ्रमण उनको पहिलो विदेशी भ्रमण हुने अपेक्षा गरिँदैछ ।










