Home मुख्य आचारसंहिता उल्लङ्घनविरुद्ध आयोग कडा

आचारसंहिता उल्लङ्घनविरुद्ध आयोग कडा

210
0

काठमाण्डौ माघ  १७ – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घनविरुद्ध कडा कदम चाल्न थालेको छ। आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई निष्पक्ष, स्वच्छ र विश्वसनीय बनाउन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लाई प्रभावकारी रूपमा लागू गरेको जनाएको छ।
माघ ४ गतेदेखि लागू भएको आचारसंहिताको पालना नगर्ने राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित संस्थामाथि आयोगले निगरानी कडा बनाएको छ। केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पुगेका उजुरी र सूचनाका आधारमा हालसम्म २१ जनासँग स्पष्टीकरण मागिएको आयोगले जानकारी दिएको छ।
आयोगका अनुसार तीमध्ये केवल पाँच जनाले मात्र जवाफ दिएका छन्, बाँकीले तोकिएको समयसीमाभित्र जवाफ नदिएको भन्दै ताकेता प्रक्रिया अघि बढाइएको छ। आचारसंहिता उल्लङ्घन पुष्टि भएमा कानुनअनुसार कारबाहीबाट पछि नहटिने आयोगले स्पष्ट पारेको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here