Home मुख्य वाईसीएल नेपालद्वारा अर्धसैन्य संरचना पुनः सक्रिय, १६५ निर्वाचन क्षेत्रमा ‘स्पेशल टास्क फोर्स’...

वाईसीएल नेपालद्वारा अर्धसैन्य संरचना पुनः सक्रिय, १६५ निर्वाचन क्षेत्रमा ‘स्पेशल टास्क फोर्स’ परिचालनको तयारी

230
0

काठमाडौं माघ १९ — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) अन्तर्गतको योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले आफ्नो अर्धसैन्य संरचना पुनः ब्युँताउने निर्णय गरेको छ। वाईसीएल नेपालको भर्चुअल माध्यमबाट सम्पन्न केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो।

नेकपाको संयोजकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन्। बैठकपछि जानकारी दिँदै वाईसीएल नेपालका अध्यक्ष पुष्प ओलीले आगामी निर्वाचनलाई लक्षित गर्दै देशभरिका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता तथा उम्मेदवारको सुरक्षाका लागि ‘स्पेशल टास्क फोर्स’ (एसटीएफ) क्याम्पिङ गरेर परिचालन गरिने बताए।

उनका अनुसार एसटीएफको उद्देश्य निर्वाचन अवधिमा हुने सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्दै शान्ति–सुरक्षाको वातावरण कायम राख्नु रहेको छ। संगठनले यो संरचना अनुशासित, नियन्त्रणमा रहेको र पार्टीको नीति–निर्देशनअनुसार सञ्चालन गरिने दाबी गरेको छ।

तर वाईसीएलको अर्धसैन्य संरचना पुनः सक्रिय गरिनुलाई लिएर राजनीतिक वृत्तमा मिश्रित प्रतिक्रिया देखिन थालेको छ। यसले निर्वाचनको निष्पक्षता र सुरक्षासँग जोडिएका सवालहरू उठ्न सक्ने भन्दै सरोकारवालाहरूले राज्यका सुरक्षा निकायको भूमिकालाई समेत स्पष्ट पार्नुपर्ने आवश्यकता औंल्याएका छन्।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here