Home अन्तर्राष्ट्रिय कतारको ग्यास उत्पादन केन्द्रमा भएको विस्फोटमा नेपाली पनि घाइते

कतारको ग्यास उत्पादन केन्द्रमा भएको विस्फोटमा नेपाली पनि घाइते

30
0

काठमाडौं, असार ९। कतारको रस लाफान औद्योगिक क्षेत्रभित्र रहेको ग्यास उत्पादन केन्द्रमा आइतबार भएको भीषण विस्फोटमा नेपाली नागरिकहरू पनि घाइते भएका छन्।

प्राप्त जानकारीअनुसार उक्त विस्फोटमा १२ भारतीय र एक पाकिस्तानी नागरिकसहित १३ जनाको मृत्यु भएको छ भने ६६ जनाभन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेमध्ये केही नेपाली कामदार पनि रहेको जनाइएको छ। उनीहरूको उपचार कतारका विभिन्न अस्पतालमा भइरहेको बताइएको छ।

विस्फोटको कारण खुल्न बाँकी रहेको भए पनि सम्बन्धित कतारी निकायहरूले घटनाबारे अनुसन्धान थालेका छन्। घटनापछि उद्धार तथा राहत कार्य तीव्र रूपमा सञ्चालन गरिएको थियो।

कतारस्थित नेपाली दूतावासले घाइते नेपालीहरूको अवस्थाबारे जानकारी संकलन गरिरहेको र आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जनाएको छ।

रस लाफान क्षेत्र कतारको प्रमुख ग्यास उत्पादन तथा निर्यात केन्द्रका रूपमा परिचित छ। उक्त क्षेत्रमा विश्वका विभिन्न देशका हजारौं कामदार कार्यरत छन्।

#Qatar #RasLaffan #NepaliWorkers #BreakingNews #NepalNews #Explosion #SurakiKhabar #QatarNews #GasPlantExplosion

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here