Home मुख्य वर्तमान सरकार एक्सप्रेस गाडी हो, गन्तव्यमा पुगेपछि मात्र रोकिन्छ’ : प्रधानमन्त्री बालेन...

वर्तमान सरकार एक्सप्रेस गाडी हो, गन्तव्यमा पुगेपछि मात्र रोकिन्छ’ : प्रधानमन्त्री बालेन शाह

33
0

चितवन, ७ असार । प्रधानमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले वर्तमान सरकार ‘एक्सप्रेस’ गाडी भएकाले आफ्नो गन्तव्य पूरा गरेरै छाड्ने दाबी गर्नुभएको छ।

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आज चितवनको भरतपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारको गति र कार्यशैलीप्रति संशय व्यक्त गर्ने दलहरूलाई कडा जवाफ दिनुभएको हो। कतिपय राजनीतिक पार्टीहरूले सरकारको गति अनियन्त्रित हुन सक्ने भनी गरेको टिप्पणीप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, “हाम्रो सरकार एक्सप्रेस वेमा गुडिरहेको गाडी हो, यो गन्तव्यमा पुगेर मात्र ब्रेक लाग्छ, अनियन्त्रित छैन।”
प्रधानमन्त्री शाहले सरकार देशको विकास र सुशासनका लागि स्पष्ट मार्गचित्रका साथ अघि बढेको उल्लेख गर्दै राजनीतिक समीकरण र शक्ति सन्तुलनको परम्परागत दबाबले सरकारको गतिलाई नरोक्ने प्रष्ट पार्नुभयो। महाधिवेशनको उद्घाटन सत्रमा रास्वपाका अन्य शीर्ष नेताहरू, पार्टी प्रतिनिधि तथा कार्यकर्ताहरूको ठूलो उपस्थिति रहेको थियो।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here