Home मुख्य मेस्सीले नुहाइदिएका शिशु आज विश्वकप फाइनलका प्रतिद्वन्द्वी, भाइरल तस्वीरको वास्तविक कथा

मेस्सीले नुहाइदिएका शिशु आज विश्वकप फाइनलका प्रतिद्वन्द्वी, भाइरल तस्वीरको वास्तविक कथा

34
0
Screenshot

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र स्पेनका युवा स्टार लामिन यामालबीचको १९ वर्ष पुरानो एउटा तस्वीर फेरि सामाजिक सञ्जालमा भाइरल बनेको छ। धेरैले उनीहरूबीच पारिवारिक सम्बन्ध रहेको दाबी गरे पनि त्यो दाबी सत्य होइन।

यो तस्वीर सन् २००७ को अन्त्यतिर (२००८ को च्यारिटी क्यालेन्डरका लागि) एफसी बार्सिलोना फाउन्डेसन, युनिसेफ र Diario Sport को संयुक्त सामाजिक अभियानका क्रममा खिचिएको थियो। त्यसबेला २० वर्षीय मेस्सीले करिब ६ महिनाका शिशु लामिन यामाललाई बेबी बाथटबमा नुहाइदिएको दृश्य क्यामेरामा कैद गरिएको थियो। 

यामालको परिवार युनिसेफको च्यारिटी र्‍याफलमार्फत उक्त फोटोसुटका लागि छनोटमा परेको थियो। प्रसिद्ध फोटोग्राफर जोआन मोनफोर्टले खिचेको यो तस्वीर त्यतिबेला सामान्य च्यारिटी अभियानको हिस्सा थियो। 

यो तस्वीर २०२४ मा यामालका बुबाले सामाजिक सञ्जालमा “The beginning of two legends” भन्ने क्याप्सनसहित सार्वजनिक गरेपछि विश्वभर भाइरल बनेको थियो। अहिले अर्जेन्टिना र स्पेनबीच हुने २०२६ फिफा विश्वकप फाइनलअघि यो तस्वीर पुनः चर्चामा आएको छ। 

फुटबल समर्थकहरूले यो तस्वीरलाई दुई पुस्ताका महान खेलाडीबीचको प्रतीकात्मक क्षणका रूपमा हेरेका छन्। एकातिर विश्व फुटबलका महानतम खेलाडीमध्येका मेस्सी छन् भने अर्कोतिर भविष्यका सुपरस्टारका रूपमा हेरिएका यामाल। तर यी दुईबीच कुनै पारिवारिक वा रगतको सम्बन्ध भने छैन। उनीहरूलाई जोड्ने एउटै घटना सन् २००७ को त्यो च्यारिटी फोटोसुट हो। 

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here