Home अर्थ बजार NAIMA Mobility Expo 2026 मा नयाँ EV मोडलदेखि आकर्षक छुटसम्म

NAIMA Mobility Expo 2026 मा नयाँ EV मोडलदेखि आकर्षक छुटसम्म

55
0

काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी NAIMA Mobility Expo 2026 मा विद्युतीय सवारीसाधन, बैंकिङ सुविधा तथा आकर्षक अफरसहित विभिन्न नयाँ उत्पादन सार्वजनिक गरिएका छन्।

एक्स्पोमा Toyota ले नयाँ कार बुकिङ गर्ने ग्राहकका लागि रु. ३ लाखदेखि २१ लाखसम्म नगद छुट उपलब्ध गराएको छ। साथै, भाग्यमानी एक जोडीले ‘Elite Explorers Kanya Kumari Drive’ मा सहभागी हुने अवसर पाउनेछन्। कार बुकिङ गर्ने सबै ग्राहकलाई ‘Community Drive’ मा सहभागी गराइने टोयोटाले जनाएको छ।

यसैबीच, NMB Bank Limited ले NAIMA एक्स्पोलाई लक्षित गर्दै विद्युतीय सवारी खरिदका लागि Base Rate + 0.5 प्रतिशतबाट सुरु हुने ब्याजदरमा EV Financing Offer ल्याएको छ। बैंकले वातावरणमैत्री विद्युतीय गतिशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याएको हो।

एक्स्पोमा Sipradi Trading ले दुई नयाँ विद्युतीय कार Punch.ev र Tiago.ev सार्वजनिक गरेको छ। Punch.ev को मूल्य रु. ३३ लाख ९० हजार र Tiago.ev को मूल्य रु. २२ लाख ८० हजार तोकिएको छ।

Sipradi Trading का राजेशप्रसाद गिरीले विद्युतीय सवारीको बिक्रीसँगै ग्राहकको विश्वास र सहजता बढाउन आवश्यक पूर्वाधार निर्माणमा समेत कम्पनीले लगानी गरिरहेको बताए।

त्यस्तै, Yadea Nepal ले एक्स्पोमा YADEA GS70, GT70 र GT80 गरी तीन नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ। यी सबै मोडलमा तीन वर्षको ब्याट्री वारेन्टी उपलब्ध रहेको छ भने एक्स्पो अवधिभर रु. १० हजार विशेष छुट दिइएको छ।

एक्स्पोमा Ultraviolette X47 क्रसओभर मोटरसाइकलसमेत सार्वजनिक गरिएको छ। यसको मूल्य रु. ६८ लाख ४९ हजार तोकिएको छ।

विद्युतीय तथा आधुनिक मोबिलिटीका नयाँ प्रविधि, सवारीसाधन र वित्तीय योजनाबारे जानकारी लिन सकिने NAIMA Mobility Expo 2026 आगामी अगस्ट १६ गतेसम्म सञ्चालन हुनेछ। एक्स्पोले नेपालमा विद्युतीय तथा दिगो यातायातप्रति बढ्दो चासोलाई समेत प्रतिबिम्बित गरेको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here