२३ असोज, काठमाडौं । दशैं मनाउन घर जाने यात्रुका लागि सरकारले आजदेखि अग्रिम बस टिकट बुकिङ खुला गरेको छ। टिकट पाउन सहज हुने आशमा यात्रुहरू गएरातिदेखि नै काठमाडौंको नयाँ बसपार्कस्थित टिकट काउन्टर अगाडि लाइनमा बसेका छन्।
यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीच असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।
दशैंका बेला काठमाडौं उपत्यकाबाट आफ्नो गृहजिल्ला फर्किने यात्रुको चाप बढ्ने भएकाले अग्रिम टिकट बुकिङ खुला गरिएको हो। यात्रुले अन्तिम समयमा टिकट नपाउने समस्या भोग्न नपरोस् भन्ने उद्देश्यले सरकारले अग्रिम बुकिङको व्यवस्था गरेको हो।
#दशैं #अग्रिमटिकटबुकिङ #नयाँबसपार्क #यात्रा #काठमाडौं #SurakiKhabar









