नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो

0

काठमाडौं वैशाख १७! नेपाल आयल निगमले आज राती १२ बजे देखि पेट्रोलियम पदार्थहरूको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको बुधवार बसेको बैठकले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाउने निर्णय गरेको हो। नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर २ रुपैयाँले घटेर काठमाडौंमा १५८ रुपैयाँ कायम गरिएको छ। डिजेल र मट्टितेलको मूल्य भने १ रुपैयाँ घटाएर क्रमशः १४५ रुपैयाँ कायम गरिएको...

शिक्षक महासङ्घसँग सरकारबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

0

काठमाडौं वैशाख १७ ! नेपाल शिक्षक महासंघ र नेपाल सरकारबीच विद्यालय शिक्षा सम्बन्धी विषयमा ९ बुँदे सहमति भएपछि शिक्षक आन्दोलन स्थगित भएको छ। नेपाल शिक्षक महासंघले "नेपाल सरकार मन्त्री परिषद्बाट निर्णय गरी सम्बोधन हुनेगरी मागहरू स्वीकार गरिएकाले आजकै मितिबाट लागू हुने गरी आम शैक्षिक हडताल तथा सडक प्रदर्शन सबै स्थगित गरिएको" जानकारी दिएको हो। सहमतिअनुसार सरकार र महासंघबीच भएका मुख्य...

झापाको चारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

0

झापा वैशाख १७! झापाको चारआलीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। अर्जुनधारा नगरपालिका–१० का ६८ वर्षीय टंक प्रसाद बरालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मोटरसाइकलमा सवार बराललाई आज बिहान पूर्व–पश्चिम राजमार्गको चारआली क्षेत्रमा ट्रकले ठक्कर दिएको थियो। दुर्घटनापछि ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।  

प्रहरी महानिरीक्षक थापाद्वारा खरो प्रस्तुति र उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन

0

काठमाडौं वैशाख १७! प्रहरी महानिरीक्षक दीपक थापाले आफ्नो जिम्मेवारीमा ईमान्दार र खरो प्रस्तुति दिई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकारीहरूलाई थप सक्रिय हुन आग्रह गरेका छन्। हालै सरुवा भई आ-आफ्नो कार्यक्षेत्रमा पुग्न लागेका प्रहरी उपरीक्षकहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा गरेको निर्देशन सम्बोधनमा उनले यो अपील गर्नुभएको हो। उनले संगठनको कार्ययोजना र लक्ष्यलाई प्राथमिकतामा राखी, नीति निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सबै...

सुशान्तको गीतले विश्व हल्लायो

0

T-Series मार्फत सार्वजनिक "UFF" गीत ट्रेन्डिङ नम्बर १ मा काठमाडौं वैशाख १७! नेपाली संगीत जगतका चम्किला नाम Sushant KC ले फेरि एक पटक आफूलाई प्रमाणित गरेका छन्। उसकी  एक झलक बाट उनले Swastima Khadka संग मिलेर तयार पारेको नयाँ सिंगल "UFF" अहिले विश्वभर चर्चाको शिखरमा छ। T-Series जस्तो बलिउडको प्रतिष्ठित युट्युब च्यानलबाट रिलिज भएको यो म्यूजिक भिडियोले छोटो समयमा नै युट्युब...

Meta ले नयाँ AI एप ल्याउने, मार्क जुकरबर्गको यस्तो घोषणा

0

काठमाडौं वैशाख १७ ! Meta कम्पनीले आज नयाँ स्ट्यान्डअलोन AI एप सार्वजनिक गरेको छ। Meta AI पहिले फेसबुक, इन्स्टाग्राम, व्हाट्सएप र मेसेंजर जस्ता एपहरूमा उपलब्ध थियो। तर अब, प्रयोगकर्ताहरूका लागि Meta AI एक पृथक एपको रूपमा पनि उपलब्ध भएको छ। Meta का CEO मार्क जुकरबर्गले यसबारेमा भने, "हामीले Meta AI लाई अब एउटा नयाँ एपको रूपमा सार्वजनिक गरेका छौं। अहिले...

सिरियाको राजधानी दमास्कसमा साम्प्रदायिक झडप, कम्तीमा १४ जनाको मृत्यु

0

  एजेन्सी, वैशाख १७ l सिरियाको राजधानी दमास्कसको जरमाना उपनगरमा अप्रिल २९ मा भएको साम्प्रदायिक झडप पछि कम्तीमा १४ जनाको मृत्यु भएको छ। झडपको सुरुआत एक अडियो क्लिप भाइरल भएपछि भएको हो, जसमा इस्लाम धर्मका पैगम्बर मोहम्मदको अपमान गरिएको आरोप लगाइएको थियो। उक्त अडियो ड्रुज धर्मगुरु मारवान किवानसँग सम्बन्धित भएको दाबी गरिएको थियो। तर किवानले अडियोमा आफ्नो संलग्नता अस्वीकार गर्दै यसलाई धार्मिक...

कोलकाताको जितमा नरेन बने नायक

0

काठमाडौं वैशाख १७ ! आईपीएल २०२५ अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले पराजित गरेको छ। इडेन गार्डेन्स, कोलकातामा भएको खेलमा दिल्लीलाई पछ्याउँदै कोलकाताले महत्वपूर्ण जित निकालेको हो। खेलको क्रममा कप्तान अजिंक्य रहाणे चोटका कारण मैदानबाट बाहिरिएपछि सुनिल नरेनले कप्तानी सम्हालेका थिए। उनले कप्तानीको जिम्मेवारी लिनासाथ बलिङ परिवर्तन र रणनीतिक निर्णयमार्फत खेलको दिशा नै मोडेका...

सहयोग पायौं भन्दै शिक्षकले दिए बालेनलाई धन्यवाद

0

काठमाडौं, वैशाख १७ ! आन्दोलनरत शिक्षकहरूले काठमाडौं महानगर प्रमुख बालेन शाहको सहयोगप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले आन्दोलन सफल र सहज बनाउन बालेनले खेलेको भूमिकालाई सकारात्मक भन्दै धन्यवाद दिएका हुन्। शिक्षक महासंघका एक प्रतिनिधिले सुराकी खबरसँगको संक्षिप्त कुराकानीमा भने, "बालेनज्यू पढेलेखेको हुनुहुन्छ उहाँको सकारात्मक र रचनात्मक सहयोगले  वार्ता गर्ने  सकारात्मक मोडमा सरकार  गयो। उहाँप्रति हामी आभारी छौं।" यसैबीच, शिक्षामन्त्री रघुजी पन्तले पनि...

शिक्षकसँगको वार्ता सकारात्मक,१२ को परीक्षा तोकिएकै मितिमा हुने

0

काठमाडौं वैशाख १७ ! लामो समयदेखि आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको शिक्षामन्त्री रघुजी पन्तले बताएका छन्। बेलुका राति अबेरसम्म छलफल पछि सुराकी खबरसँगको कुराकानीमा मन्त्री पन्तले शिक्षकसँगको द्विपक्षीय वार्ता सकारात्मक दिशातर्फ अघि बढेको र चाँडै निष्कर्षमा पुर्‍याउने प्रयास भइरहेको जनाए। उता, कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने शिक्षक महासंघले स्पष्ट पारेको छ। महासंघले सरकारसमक्ष ९ बुँदे...