सरकारलाई सामुहिक गिरफ्तारी दिने राजावादीको चेतावनी
काठमाडौं, चैत्र २७ ! राजसंस्था पुनःस्थापनाका लागि संघर्षरत संयुक्त जनआन्दोलन समितिले सरकारलाई वैशाख २१ गतेसम्मको अल्टिमेटम दिँदै त्यसअवधिभित्र चैत १५ गतेको घटनामा पक्राउ परेका नेताहरूको रिहाइ नभए सामूहिक रूपमा गिरफ्तारी दिन तयार हुने चेतावनी दिएको छ। संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सो चेतावनी दिँदै भने, “हामी हाम्रा नेताहरूको रिहाइ माग्दै बारम्बार सरकारसमक्ष...
राजा सहितको प्रजातन्त्र नै समस्याको समाधान हो : राप्रपा अध्यक्ष लिङ्देन
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान समस्याहरूको समाधान राजतन्त्र र गणतन्त्रको मध्यमार्गी बाटोबाट सम्भव हुने बताएका छन्। उनले राजा सहितको प्रजातन्त्र नै अहिलेको समस्याबाट मुलुकलाई निकास दिने बाटो भएको उल्लेख गरे। मंगलबार काठमाडौंको बल्खुमा आयोजित बागमती प्रदेशस्तरीय खबरदारी सभामा बोल्दै अध्यक्ष लिङ्देनले सरकार र सत्तारूढ दलहरूलाई निषेधको राजनीति गरेको आरोप लगाए। उनले राप्रपालाई भृकुटीमण्डपमा सभा गर्न...
नेकपा माओवादी केन्द्रले मातहतका कमिटीलाई ८ बुँदे सर्कुलर जारी
काठमाडौँ। नेकपा माओवादी केन्द्रले आफ्नो मातहतका कमिटीलाई ८ बुँदे सर्कुलर जारी गरेको छ। उक्त सर्कुलर पार्टी अध्यक्ष प्रचण्डको अध्यक्षतामा चैत्र १८ र १९ गते भएको केन्द्रीय कार्यालय (पदाधिकारी) को बैठकको निर्णयअनुसार आइतबार पठाइएको हो। सर्कुलरमा अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङद्वारा हस्ताक्षर गरिएको छ, जसमा वर्तमान परिस्थितिको संक्षिप्त संश्लेषण गरिएको छ। सर्कुलर अनुसार, प्रदेशमा सह–इन्चार्जहरूको पद नराख्ने निर्णय गरिएको छ भने...
प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पा सगरमाथा आरोहणका लागि तम्तयार
काठमांडौ ! नेपाल प्रहरीका सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पाले अब सगरमाथा (एभरेस्ट) चढ्नका लागि आफ्नो साहसिक यात्रा सुरु गर्न तम्तयार भएका छन्। विश्वको सर्वोच्च शिखरमा पाइला राख्नका लागि उनी अब तयारी अवस्थामा छन्। यस साहसिक कार्यमा कुन्जाङ छोपेल शेर्पाको प्रयास केवल व्यक्तिगत गौरवको प्रतीक मात्र होइन, समग्र नेपाल प्रहरी, महिला प्रहरी र राष्ट्रको सम्मान र प्रतिष्ठाको प्रतीक बन्नेछ। उहाँको यात्रा,...
दुर्गा प्रसाई: फेसबुकमा सक्रिय, नेपाल प्रहरीको गिरफ्तारी प्रयास असफल
काठमान्डौ! तीनकुने घटनाका मुख्य आरोपी दुर्गा प्रसाई, जो चैत्र १५ पछि लुकेका थिए, फेसबुकमा आफ्नो स्थिति र विचारहरू व्यक्त गर्दै सक्रिय छन्। नेपाल प्रहरीले उनलाई पक्राउ गर्न विभिन्न प्रयास गरे पनि अहिलेसम्म सफलता प्राप्त गर्न सकेको छैन। यस बीचमा, केही व्यक्तिहरूले प्रसाई भारत पुगेको अड्कल गरेका छन्, जबकि अन्यको भनाइ छ कि उनी नेपालमै लुकेर छन्। प्रसाईले आज बल्खुमा आयोजना...
काठमाडौंमा राप्रपा, शिक्षक महासंघ र सहकारी पीडितहरूको फरक फरक प्रदर्शन
काठमाडौं ! राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल शिक्षक महासंघ, र सहकारी तथा लघुवित्त पीडितहरू एकै दिन काठमाडौंका विभिन्न स्थानमा आ-आफ्ना माग राख्दै सडकमा उत्रिएका छन्। राप्रपाले गणतन्त्रको अन्त्य, राजतन्त्रको पुनःस्थापना र धर्मनिरपेक्षताको खारेजको माग गर्दै सरकारविरुद्ध प्रदर्शन गरेको हो। उनीहरूले वर्तमान राजनीतिक व्यवस्थाले देशलाई अस्थिरतामा धकेलेको भन्दै परिवर्तनको माग गरेका छन्। यसैबीच, नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकको विरोधमा प्रदर्शन...
चीन–अमेरिका व्यापार युद्ध फेरि चर्कियो, शुल्क वृद्धिले विश्व बजारमा तनाव
नुवाकोट ! चीन र अमेरिका बीचको व्यापार युद्ध फेरि उत्कर्षमा पुगेको छ। पछिल्लो समय पुनः सक्रिय बनेको यो आर्थिक द्वन्द्वले विश्वव्यापी बजारमा गम्भीर असर पार्ने संकेत देखिएको छ। यो युद्धको सुरुआत सन् २०१८ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा चिनियाँ सामानमा उच्च शुल्क लगाउने निर्णयपछि भएको थियो। त्यसयता विभिन्न चरणमा शुल्क वृद्धि, जवाफी कदम र आंशिक सहमतिहरू भए पनि...
कुलमान घिसिङलाई कार्यकारी राष्ट्रपति बनाउनुपर्ने मागसहित काठमाडौंमा प्रदर्शन
नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुखको पक्षमा सडकमा उत्रिए समर्थक काठमाडौं । नेपाल विद्युत प्राधिकरण (ने.वि.प्रा.) का तत्कालीन प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङको समर्थनमा आइतबार काठमाडौंमा प्रदर्शन गरिएको छ। प्रदर्शनमा सहभागीहरूले घिसिङलाई कार्यकारी राष्ट्रपतिमा नियुक्त गर्नुपर्ने माग गर्दै नाराबाजी गरेका थिए। बिभिन्न युवाहरू, नागरिक समाजका प्रतिनिधिहरू र घिसिङप्रति समर्थन जनाउने अभियानकर्ताहरू सडकमा उत्रिएर "कुलमान राष्ट्रको ढुकढुकी हुन्", "कार्यकारी राष्ट्रपतिमा कुलमान चाहिन्छ"...
तीनकुने घटनामा दोषी उम्कनु हुँदैन : कांग्रेस सभापति देउवा
पत्रकार सुरेश रजकको परिवारसँग भेट गर्दै निष्पक्ष छानबिनको माग काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तीनकुनेमा भएको हिंसात्मक घटनामा कुनै पनि हालतमा दोषीलाई उम्कन नदिन आग्रह गरेका छन्। तीनकुनेको घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकको परिवारसँग आइतबार भेट गर्दै देउवाले पीडित पक्षलाई न्याय दिन र दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। सभापति देउवाले भने, “जो–कोही भए...
पत्रकारिताका नायक वरिष्ठ पत्रकार भैरव रिसालको ९७ वर्षको उमेरमा निधन
कृष्ण पौडेल काठमाडौं । नेपाली खोज पत्रकारिताका अग्रणी तथा रेडियो नेपालका पूर्व निर्देशक भैरव रिसालको ९७ वर्षको उमेरमा निधन भएको छ। उनलाई पुरानो बानेश्वरस्थित फ्रन्ट लाइन अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो, जहाँ आइतबार साँझ ८ बजे उनले अन्तिम सास लिए। रिसालले जीवनकालमै आफ्नो शरीर ललितपुरस्थित पाटन अस्पताललाई दान गर्ने निर्णय गरेका थिए। उनका भाइ पुरु रिसालका अनुसार, उक्त इच्छा अनुसार...














