ललितपुरमा पत्रकारहरूलाई लक्षित विपद् व्यवस्थापन तालिम सम्पन्न

ललितपुर, वैशाख २३ ! ललितपुरको महालक्ष्मीस्थानमा शुक्रबार विपद् व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ। गोदावरी नगरपालिका वडा नं. ३ को सहयोगमा तथा नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाको समन्वयमा तालिम आयोजना गरिएको हो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा सहभागी बागमती प्रदेशसभा सदस्य उर्मिला लामाले पत्रकारलाई समाजको ऐना भन्दै राज्यले पत्रकारको क्षमता अभिवृद्धिमा पर्याप्त लगानी गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, “उचित पारिश्रमिक, सेवा...

रवि लामिछानेलाई थुनामा पठाउने उच्चअदालत तुल्सीपुरको आदेश 

दाङ ! राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश दिएको छ। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो। बुटवलको सुप्रिम सहकारी घोटालामा संलग्न रहेको आरोपमा लामिछानेविरुद्ध ठगी र संगठित अपराधको मुद्दा दायर भएको थियो। अनुसन्धानका क्रममा सहकारीका...

बिम्स्टेक शिखर सम्मेलनमा आज ओली-मोदी भेटवार्ता

काठमाडौं! प्रधानमन्त्री केपी शर्मा ओलीले बङ्गालको खाडीको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनमा सहभागिता जनाइरहेका छन्। सम्मेलनपछि दिउँसो ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने तय भएको छ। यी कार्यक्रमहरू थाइल्याण्डको बैंककस्थित होटल साङ्ग्रिलामा सम्पन्न हुनेछन्। थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गर्दै प्रधानमन्त्री ओली बिम्स्टेक सम्मेलनमा सहभागी भएका हुन्। उनको भ्रमण...

वायुप्रदूषण खतराको तहमा: स्वास्थ्य सुरक्षाका लागि सावधानी अपनाउन आग्रह

काठमाडौं ! काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरमा वायुप्रदूषण खतराको तह नजिक पुगेको छ। यस अवस्थालाई मध्यनजर गर्दै, सरोकारवाला निकायहरूले आम नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। अझै एक हप्ता सम्म यस्तै प्रदुषण युक्त अवस्था रहने सरोकारवाला निकायले उल्लेख गरेका छन् । प्रदूषणको असरलाई न्यूनीकरण गर्न निम्न सावधानीहरू अपनाउन अनुरोध गरिएको छ: आवश्यक नभएसम्म घरमै बस्ने र कार्यालयका कामहरू घरबाटै...

प्रधानमन्त्री ओली र म्यान्मारका प्रधानमन्त्री हलिङबीचल अन्तरक्रिया

बैंकक ! बैँककमा आयोजित भेटवार्तामा थाइल्याण्डमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र म्यान्मारका प्रधानमन्त्री मिन आङ हलिङबीचको अन्तरक्रिया र सहयोगको झलक प्रस्तुत गर्ने केही तस्बिरहरू सार्वजनिक गरिएको छ। प्रधानमन्त्री ओली र मिन आङ हलिङले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय सुरक्षा र आर्थिक सहकार्यका मुद्दाहरूमा विचार-विमर्श गरेका देखिएका छन्। तस्बिरहरूमा नेताहरूको सौहार्दपूर्ण भाव र नजिकको छलफल झल्किएको छ। यी तस्बिरहरूलाई प्रधानमन्त्रीको सचिवालयद्वारा प्रस्तुत गरिएको...

कोलकाता नाइट राइडर्सको प्रभावशाली जित

कोलकाता ! कोलकाता नाइट राइडर्स (KKR) ले आईपीएल २०२५ मा सनराइजर्स हैदराबाद (SRH) विरुद्ध शानदार प्रदर्शन गर्दै ८० रनको जित हासिल गरेको छ। खेल गयराति एडेन गार्डेन्स, विश्वप्रसिद्ध क्रिकेट स्टेडियम कोलकातामा सम्पन्न भएको छ। कोलकाताले पहिले ब्याटिङ गर्दै २० ओभरमा २०८/६ रन बनायो। ओपनर फिल साल्टले ४० बलमा ७२ रन बनाउँदै उत्कृष्ट इनिङ खेले। अन्त्यतिर आन्द्रे रसेलले १८ बलमा ४१...

काठमाडौँ विश्वकै दोस्रो प्रदूषित सहर, स्वास्थ्य विज्ञहरूद्वारा सतर्कता अपनाउन सुझाव

काठमाडौं! आईक्यू एयरको हालैको प्रतिवेदन अनुसार, इराकको बगदाद शहर विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा पहिलो स्थानमा परेको छ, भने नेपालको राजधानी काठमाडौँ दोस्रो स्थानमा रहेको छ। काठमाडौँको वायु गुणस्तर अत्यन्तै 'अस्वस्थकर' स्तरमा पुगेको बताइएको छ, जसले नागरिकको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ। स्वास्थ्य विज्ञहरूले यस्तो अवस्थामा घरमै बसेर काम गर्न र बाहिरी गतिविधिहरू सकेसम्म कम गर्न सुझाव दिएका छन्। यदि...

प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणालीमा हर्क साम्पाङले गरे उम्मेदवारी घोषणा

कृष्ण पौडेल धरान ! धरानका मेयर हर्क साम्पाङले नेपालमा राजसंस्था पुनःस्थापनाभन्दा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिय प्रणाली उपयुक्त हुने बताएका छन्। उनका अनुसार, राष्ट्रपतिलाई जनताले प्रत्यक्ष रूपमा निर्वाचित गर्नुपर्ने र निर्वाचित राष्ट्रपतिले आफ्नै इच्छाअनुसार मन्त्रीमण्डल गठन गरी पाँच वर्षसम्म स्थिर सरकार सञ्चालन गर्नुपर्ने व्यवस्था आवश्यक छ। साम्पाङले वर्तमान संसदीय प्रणालीले देशमा अस्थिरता मात्र ल्याएको आरोप लगाउँदै संविधान संशोधन गरेर कार्यकारी राष्ट्रपतिको व्यवस्था...

बालेनद्वारा शिक्षक आन्दोलनको प्रशंसा: “हामीले जरिवाना होइन, चेतना खोजेका हौं”

काठमाडौं ! काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शिक्षकहरूको आन्दोलन शान्तिपूर्ण तरिकाले सम्पन्न भएकोमा धन्यवाद व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले सार्वजनिक सम्पत्तिको रक्षा गर्दै गरिएको प्रदर्शनप्रति प्रशंसा प्रकट गरेका हुन्। "तपाईंहरूले आफ्नो आन्दोलन फोहोर नगरि, केहि नभत्काइ गरिदिनुभयो, धन्यवाद। हामीले जरिवाना खोजेको होइनौँ, चेतना खोजेको हो," उनले आफ्नो स्टाटसमा उल्लेख गरेका छन्। उनले सार्वजनिक सम्पत्तिको सुरक्षा गर्दै चेतनशील समाज निर्माण गर्नुपर्नेमा...

माओबादीको तराई-मधेस जागरण अभियान पुनः नेपालगन्जबाट सुरु

बाँके ! नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को नेतृत्वमा हुलाकी मार्ग केन्द्रित तराई-मधेस जागरण अभियान पुनः सुरु गरिएको छ। नेपालगन्जबाट प्रारम्भ भएको यो अभियान पार्टीको संगठन विस्तार, जनसहभागिता अभिवृद्धि, तथा समसामयिक राजनीतिक विषयमा जनचेतना अभिवृद्धि गर्न केन्द्रित रहेको छ। माओवादी केन्द्रले यस अभियानलाई तराई-मधेसका केन्द्रित स्थानमा योजना बनाएको छ। पार्टीले यस अभियानलाई जनताको प्रत्यक्ष सहभागिताका लागि अवसरका...