Home अर्थ बजार मार्केट करेक्सनको ट्रेण्डमा

मार्केट करेक्सनको ट्रेण्डमा

213
0

काठमाण्डौ भदौ १० ! बुधवार पनि नेप्से ओरालो लाग्ने क्रम रोकिएन । गत विहीबारदेखि घट्न थालेको शेयर बजार बुधबार पनि झण्डै ४८.४२ अंकले घटेर बन्द भएको छ।

गत तीन कारोबार दिनमा नेप्से सूचक १२२.५८ अंकले घटिसकेको छ। बुधबार पनि नेप्से सूचक ४८.४२ अंकले घटेर ३०७६.४५ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचक पनि साढे ९ अंकले झरेको छ।

घटेको बजारमा कारोबार रकम पनि घट्दो क्रममा देखिएको छ। मंगलबार १६ अर्ब रुपैयाँभन्दा धेरैको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम १२ अर्बमा झरेको छ।

बुधवारको दिन १२ अर्ब ९ करोड २१ लाख ३ हजार ५०३ रुपैयाँ बराबरको १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता शेयर कारोबार भएको छ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here