काठमाण्डौ भदौ १ ! नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को भातृ संगठन वाईसीएल नेपालको राष्ट्रीय भेला उद्धघाटन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक युगमा प्रबिधिको प्रयोग गरी उदाहरण प्रस्तुत गरेको भन्दै युवाहरुलाई धन्यवाद दिनुभएको छ ।
अहिले कोभीड महामारीलाई परास्त गर्न वाईसीएलले प्रयोग गरेको हाईटेक प्रबिधि कोशेढुंगा भएको प्रचण्डको भनाइ छ । यो माइनस्टोन हुने प्रचण्डको भनाइ छ ।
अब युवालाई नेतृत्व हस्तांतरण गर्न आतुर रहेको प्रचण्ड ले बताउनुभएको छ । आफूहरु विगत ( 2038 ) 40 बर्ष देखी युवाको नेतृत्व गर्दै अगाडी बढेको स्मरण सुनाउदै प्रचण्डले युवा नै नेतृत्वको संबाहक भएको भन्दै अब छिटो नेतृत्व हस्तांतरण गर्ने चाहना भएको बताउनुभएको छ ।
फरक प्रसङ्गमा अध्यक्ष प्रचण्डले कम्युनिस्ट एकतामा के पी ओली जस्तै प्रबृत्ति हावी भई ध्वस्त पार्न चाहनेहरु अर्थात प्रतिगमनकारीहरु अझै समाप्त नभएको र प्रतिगमन हुन नदीन युवाहरुलाई निर्देशन गर्नुभएको छ । प्रतिगमन चालीस पचास बर्ष पछाडी फर्किने डरबाट मुक्त हुन नसकिएको बताउनुभयो ।
प्रतिगमनलाई परास्त गर्न र समाजवादी आन्दोलनको जिम्मा लीन युवाहरु अघि बढ्नु पर्ने बताउनुभएको छ । त्यसकारण नया प्रतिक्रिया बादीहरुलाई अब युवाले मात्र परास्त गर्न सक्ने प्रचण्डले बताउनुभयो । अब युवाहरुको आन्दोलन समाजवाद केन्द्रीत हुनुपर्छ र त्यसले रास्ट्रीयता जनताको हितको लागी जस्तो सुकै परिस्थितिमा पनि हस्तक्षेप गर्न सक्ने नेतृत्व चयन गर्न निर्देशन दिनुभयो ।
युवा गफमा मात्र नभई ब्याबहारमा उतार्नुपर्ने भन्दै उत्पादन,स्वरोजगार र आत्मनिर्भर हुन युवाहरुलाई निर्देशन गर्नुभयो ।