काठमाण्डौ भाद्र १३ ! वाईसीएल नेपालको राष्ट्रीय भेलामा अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ द्वारा प्रस्तुत प्रतिबेदन परिमार्जित भई पारित भएको छ । सम्ब्रिद्दी, उत्पादन र विकास केन्द्रीत रहेर अहिले सम्मका उपलब्धि को रक्षा गर्दै संगठनलाई नयाँ प्रणाली मार्फत डिजिटलाइज गर्दै जनजीवनको उत्थान गरी समाजबादी बाटोमा अगाडी बढ्ने निष्कर्ष निकालेको छ । साथै 231 जनाको केन्द्रीय कमिटी, 35 जनाको पदाधिकारी र 3 ओटा केन्द्रीय आयोग निर्माण गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
वाईसीएल नेपालको राष्ट्रीय भेलामा नेतृत्व चयन प्रक्रिया भने सहमतिमा गर्ने गरी लम्बिएको छ । तत्कालीन अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले आफुले छोडेर नयाँ पुस्तालाई नेतृत्व हस्तांतरण गर्ने निर्णय गरेका थिए । नयाँ नेतृत्वको प्रतिस्पर्धी मध्य तत्कालीन उपाध्यक्ष सुमन देवकोटा र तत्कालीन महासचिव सुबोध श्रीपाली बिच प्रतिस्पर्धा भएको बुझिएको छ । माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत का अन्य नेताहरुले समहति मै गर्न निर्देशन गरेका छन ।
तत्कालीन पदाधिकारीको बैठकबाट हल गरिने वाईसीएल स्रोतले बताएको छ । उक्त छलफलबाट भोली निर्णय गरिने र सहमतिको आधारमा नै नेतृत्व चयन गर्ने वाईसीएल केन्द्रका प्रचार विभाग प्रमुख पुष्प ओलीले जानकारी दिए ।