नेप्से परिसूचक आइतवार पनि बृद्धि

अर्थ बजार मुख्य

काठमाण्डौ कार्तिक १४ ! साताको पहिलो दिन अर्थात आइतबार पनि उत्साहजनक ढंगले शेयर बृध्दि भएको छ । सेयर लगानीकर्ताले खरिद बढाउँदा बजार परिसूचक नेप्सेमात्र नभएर आइतबार कारोबार रकम समेत बढेको हो ।
आइतबार नेप्से ५५.५ विन्दुले बढेर २८३७.६२ विन्दुमा पुगेको छ । नेप्से झन्डै २ प्रतिशत बढ्दा क वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.८२ प्रतिशतले बढेको छ । यस दिन कारोबार भएका १३ वटा समूहमध्ये १२ वटाको सूचक हरियो छ । सबैभन्दा बढी उकालो लाग्नेमा विकास बैंक समूह छ । यो समूहको सूचक ६.५४ प्रतिशतले बढेको छ । यस्तै होटल्स, जलविद्युत्, उत्पादनमूलक र व्यापार समूह पनि पाँच प्रतिशतभन्दा बढीले उकालो लागेका छन् । सेयर बजारमा सबैभन्दा धेरै हिस्सा भएको वाणिज्य बैंक समूह भने ०.१६ प्रतिशतले रातो छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

30 ÷ = 15