कार्तिक २५ काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्यमा भारी वृद्धि गरेको छ ।
निगमले बुधबार सूचना प्रकाशित गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रूपैयाँ र खाना पकाउने ग्यासमा ७५ रुपैयाँ बढाएको हो। मूल्य बढेपछि पेट्रोल प्रतिलिटर १ सय ३६ रूपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको भाउ १ सय १९ रूपैयाँ पुगेको छ।
खाना पकाउने ग्यासको मूल्य ७५ रूपैयाँ बढेर प्रतिसिलिन्डर १५ सय ७५ रूपैयाँ पुगेको छ ।
मजदूर, ब्यबसायी, आज कामएर आजै खाने बर्गको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थ को मुल्य बृद्धि गरिएको छ ।
आयल निगमको घाटा बृद्धि भएको बहानामा हरेक पटक मुल्य बृद्धि हुने गर्छ । अहिले ब्यबसीयको मिलिमतोमा स्टक सबै ब्यबसीयको पेट्रोल पम्पमा पुरयाई संचालकलाई फाइदा हुने गरी मूल्यबृद्धि गरिएको छ सरोकार वाला र उपभोक्ता बादी संस्था सबै मौन छन ।