काठमाण्डौ मंसिर १८ ! नेकपा माओवादी केन्द्रले निर्माण गरेको उपत्यका विशेष प्रदेश अन्तर्गत युवा विशेष महाशाखाको प्रथम जिल्ला सम्मेलनले क्रान्तिकारी गायक नविन खड्कालाई अध्यक्षमा निर्वाचित गरेको छ ।
खड्काले चर्चित गीत म पनी माओवादी, आयो YCL , भोट माओवादीलाई, राम्रो माओवादी , कथा परदेशीको, झ्याम्म झ्याम्म लगायतका बिभिन्न ख्याति प्राप्त गीतहरु गाएका छन ।
राेल्पा गंगादेव गाउँपालिका वडा नम्बर ३ डाँडाकुटीमा जन्मिएका खड्का २०६१ सालमा पुर्णकालीन भै निरन्तर जनकलाकारकाे रुपमा सकृय रहदै YCL नेपालकाे सचिवालय सदस्य तथा साँस्कृतिक विभागका संयाेजक समेत रहि काम गरिसकेका छन् ।
उनी निर्वाचित समितिमा अध्यक्ष – नवीन खड्का, उपाध्यक्ष – हेमचन्द्र राई, उपाध्यक्ष – शर्मिला तामाङ गुरुङ, उपाध्यक्ष – शंखर आचार्य, सचीव – प्रेम चापागाईं, सहसचीव – सुरेन्द्र कुवर,कोषाध्यक्ष – अरुण क्षेत्री, लगायत निर्वाचित ५४ सदस्यीय महाशाखा समिती सदस्य र बांकी मनोनीत सहित ६५ सदस्यीय कमिटी हुने बताईएको छ ।
उपत्यका विशेष प्रदेश समिति मातहत युवा विशेष महासाखा, मजदुर विशेष महाशाखा, विद्यार्थी विशेष महासाखा, पेशागत विशेष महासाखा, उद्योमि व्यवसायी विशेष महासाखा, पत्रकार साँस्कृतिक विशेष महासाखा गरि छ वटा महासाखाहरु रहेकाे माओवादी स्रोतले जनाएको थियो ।