३१ बर्षीय युवा माओवादीमा जिल्ला अध्यक्ष

राजनीति समाचार

काठमाण्डौ मंसिर १८ ! नेकपा माओवादी केन्द्रले निर्माण गरेको उपत्यका विशेष प्रदेश अन्तर्गत युवा विशेष महाशाखाको प्रथम जिल्ला सम्मेलनले क्रान्तिकारी गायक नविन खड्कालाई अध्यक्षमा निर्वाचित गरेको छ । साथै उनी देश भरीकै भुगोल र ग़ैर भुगोल सबै जिल्ला कमिटी मध्य सबै भन्दा कान्छो जिल्ला अध्यक्ष समेत बनेका छन ।

खड्काले चर्चित गीत म पनी माओवादी, आयो YCL , भोट माओवादीलाई, राम्रो माओवादी , कथा परदेशीको, झ्याम्म झ्याम्म लगायतका बिभिन्न ख्याति प्राप्त गीतहरु गाएका छन ।

राेल्पा गंगादेव गाउँपालिका वडा नम्बर ३ डाँडाखुटीका उनी १३ वर्षको सानै उमेरमा जनयुद्दमा होमिएका थिए उनी संस्कृतिक मोर्चा एरिया कलाकार, जिल्ला कलाकार, क्षेत्रीय सांस्कृतिक परिवार र केन्द्रीय सामना सांस्कृतिक परिवार हुदै, २०७० चुनाव पश्चात YCL नेपाल साधारण सदस्य भई तत्कालीन सचिवालय सदस्य तथा केन्द्रीय सांस्कृतिक विभाग प्रमुखको भूमिकामा थिए ।

उनी निर्वाचित समितिमा अध्यक्ष – नवीन खड्का, उपाध्यक्ष – हेमचन्द्र राई, उपाध्यक्ष – शर्मिला तामाङ गुरुङ, उपाध्यक्ष – शंखर आचार्य, सचीव – प्रेम चापागाईं, सहसचीव – सुरेन्द्र कुवर,कोषाध्यक्ष – अरुण क्षेत्री, लगायत निर्वाचित ५४ सदस्यीय महाशाखा समिती सदस्य र बांकी मनोनीत सहित ६५ सदस्यीय कमिटी हुने बताईएको छ ।

उपत्यका विशेष प्रदेश समिति मातहत युवा विशेष महासाखा, मजदुर विशेष महाशाखा, विद्यार्थी विशेष महासाखा, पेशागत विशेष महासाखा, उद्योमि व्यवसायी विशेष महासाखा, पत्रकार साँस्कृतिक विशेष महासाखा गरि छ वटा महासाखाहरु रहेकाे माओवादी स्रोतले जनाएको थियो ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
4
+1
1
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 8 =