Home मुख्य पार्टी बलियाे हुन भीड हाेइन, विचार बलियाे हुनुपर्छ : प्रचण्ड

पार्टी बलियाे हुन भीड हाेइन, विचार बलियाे हुनुपर्छ : प्रचण्ड

168
0

काठमाण्डौ मंसिर २१ ! नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सिंगो पार्टीको ध्यान विचारको विकास गर्ने, विचार संश्लेषण गर्ने र नेपाल राष्ट्रलाई एकताबद्ध गर्नेतर्फ रहेकाे बताएका छन्। पर्सा जिल्लाबाट नेकपा एमाले तथा जनता समाजवादी पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले यस्ताे बताएका हुन्।

अहिले मधेशी जनता र वुद्धिजीवीहरु माओवादी प्रतिको भ्रमबाट मुक्त हुँदै गएको देखिएको बताए । उनले भने, ‘हाम्रो पहिचान र अधिकारको निम्ति लड्ने पार्टी त माओवादी नै हो रहेछ भन्ने चेतना अहिले विस्तारै आउँदै गएको छ ।’ मधेसी जनताको मुक्ति र अधिकारको कुरा गर्ने र उनीहरुलाई अगाडि बढाउने हो भने माओवादी केन्द्र बाहेक अरु कसैको पनि विचार त्यहाँका जनताको पक्षमा नभएको उनको दाबी थियो । उनले भने, ‘त्यसैले पहिलो कुरा विचार र राजनीतिक एजेण्डा हेर्नुपर्छ । मान्छे हेर्ने पनि होइन । उसको पछाडिको भीड पनि हेर्ने होइन ।’ उनले पार्टी बलियाे हुन भीड हाेइन, विचार बलियाे हुनुपर्ने तर्क गरे।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here