Home मुख्य कांग्रेस सभापतिमा रस्साकस्सी

कांग्रेस सभापतिमा रस्साकस्सी

30
0
Google search engine

काठमाण्डौ मंसिर २२ ! नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिका प्रमुख दाबेदारमा वरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान सिंह र शशांक कोइराला रहेका छन् ।

सहमतिमा जाने हो भने आफू पद छाड्न तयार रहेको शशांकले बताएका छन । तर नेताहरु सहमतिमा पुुुग्न थप समस्या देखिएको छ । साझा उम्मेदवार चयन गर्ने संस्थापन इतरको प्रयासले आज पनि सफलता पाउन सकेन ।

Google search engine

आगामी मंसिर २४ गतेबाट राजधानीमा सुरु हुन लागेको महाधिवेशनका लागि सभापतिको साझा उम्मेदवार चयन गर्ने प्रयास संस्थापन इतर पक्षले केही दिन यता गरिरहेको भए पनि नेताहरुले आ आफ्नो अडान नछाड्दा पूरा हुन नसकेको हो ।

मंगलबार लगभग सहमति नजिक पुगेको र केही प्राविधिक कुरा मिलाउन बाँकी रहेको बताइएको भए पनि आज पनि बैठकमा कुरा मिल्न नसकेको हो ।

स्रोतका अनुसार बरिष्ठ नेता रामचन्द्र पौडेल र डा. शशांक कोइराला त्याग गर्न सकारात्मक रहेको भएपनि सिंह र शेखर ले त्याग गर्न नसकेको बताईएको छ ।

https://tarakeshwormun.gov.np/

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here