पट्रोलको मुल्य बृद्धि गर्दै राज्य सुत्यो, जनतालाई सास्ती

अर्थ बजार मुख्य

काठमाण्डौ माघ ७ ! राज्य आफै चरम लापरवाहीमा चलेको पुष्टि भएको छ । जनताको जनजीवन नै प्रभावित हुने गरी मुल्यमा फेरबदल आएको छ । अत्यावश्यक र जनसवालसंग जोडिएको पेट्रोल ,डिजेल को भाउ दैनिक फेरबदल हुनु चरम लापरवाही र योजनाबद्द मुल्य बृद्धि गरेको पुष्टि भएको हो ।
बिहीबार देखि लागू हुनेगरी पेट्रोल/डिजेल/मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ मुल्य बृद्धि भएको छ । यस्तै आन्तरिक हवाइ इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र अन्तरराष्ट्रिय हवाइ इन्धनमा प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाएको निगमले जानकारी दिएको छ ।
अन्तराष्ट्रीय मुल्य समायोजनको नाममा जनताको कर तिर्न सक्ने क्षमता भन्दा विपरीत पटक पटक मुल्य बृद्धि भएको छ । सरकार निगमलाई दोष दिने निगम मुल्य समायोजन को तडका लगाउने र जनताको घाटी निमोठने गरी मुल्य बृद्धि गर्ने प्रबृत्ति देखिएको छ ।
वैशाख महीना देखि यता ११ पटकसम्म निगमले मुल्य बढाएको छ । वैशाख ४, जेठ २, जेठ २३, असार ९, असार २२, असार ३०, भदौ ७, कात्तिक १२, कात्तिक २५ र माघ ५ गते निगमले मूल्यवृद्धि गरेको हो । बढेको पेट्रोलको मुल्य रु१३९ पुगेको छ । यस्तै डिजेल र मट्टीतेल रु१२२ पुगेको छ ।

कमेन्ट:
What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

× 5 = 35